२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आइपिएलः मुम्बई इन्डियन्स तीन रनले हार्‍यो

आइपिएलः मुम्बई इन्डियन्स तीन रनले हार्‍यो

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा राइजिङ पुणे सुपरजाइन्ट्स विजयी भएको छ ।

पुणेले लिग लिडर मुम्बई इन्डियन्सलाई तीन रनले हराएको हो । पुणेले प्रस्तुत गरेको एक सय ६१ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो ।

मुम्बईका कप्तान रोहित शर्माले ५८, पार्थिव पटेलले ३३ तथा जोस बट्टलरले १७ रनको योगदान दिए पनि हार टार्न सकेनन् । पुणेका जयदेव उनादकाट र बेन स्टोक्सले समान दुई दुई विकेट लिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको पुणेले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।

उसका लागि राहुल त्रिपाठीले ४५ तथा अजिन्क्या रहानेले ३८ रनको योगदान गरे । जितपछि ७ खेलबाट ८ अंक जोडेको पुणे चौथो स्थानमा छ भने मुम्बई इन्डियन्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा कायम छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij