२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भक्तपुरमा नेशनल प्याब्सनको संगठन बलियो हुँदै

भक्तपुरमा नेशनल प्याब्सनको संगठन बलियो हुँदै

भक्तपुर जिल्लाका नेशनल प्याब्सनको सङ्गठन पहिले देखि नै अस्तित्वमा  रहेको भएपनि ३-४ ओटा विद्यालयहरु मात्र नेशनल प्याब्सनमा आवद्ध रहेको अवस्थामा नेशनल प्याब्सनको सङ्गठन विस्तार गर्नुपर्ने आवश्यकता महसुस गरेर भक्तपुर जिल्लामा यस सङ्गठनलाई सुदृढ गर्ने काम अघी बढ्यो । सङ्गठन सुदृढीकरणको क्रममा जिबी खड्का लगायतका जागरुक विद्यालय सञ्चालकहरुको सक्रियताको कारण वि.सं २०६७ मा नेशनल प्याव्सन भक्तपुरलाई रिजेनेरेसन गर्ने भयो । त्यस सँगै सदस्य विद्यालयको सङ्ख्या र सङ्गठन विस्तार प्रक्रिया अघी बढाइएको थियो । अहिले सम्म आइपुग्दा भने भक्तपुरमा नेसनल प्याब्सनको सङ्गठन निकै राम्रो भइसकेको छ । अहिले भक्तपुरमा नेशनल प्याब्सन अन्तरगत आवद्ध विद्यालयहरुको सङ्ख्या ४२ पुगिसकेको छ ।

जिबी खड्का
अध्यक्ष
नेशनल प्याब्सन (भक्तपुर)

नेशनल प्याब्सन भक्तपुरमा दोस्रो कार्यकालकोे अध्यक्षको रुपमा पुःन केही पहिले भएको निर्वाचनमा जि.वी. खड्का नै दोहोरिएका छन् । संस्थालाई निश्चित योजनाको साथ अघी बढाउनुपर्ने मान्यतामा रहेका खड्का यही कार्यकालमा नै  नेशनल प्याब्सन भक्तपुरको भवन निर्माण गर्नको निम्ति पहिलो चरणमा जग्गाको व्यवस्थापन र दोस्रो कार्यकालमा भवन निर्माण कार्यलाई योजनावद्ध रुपमा अघी बढाउने योजनामा छन् । नेपालको सानो जिल्लाको रुपमा चिनिने भक्तपुरमा विद्यालयको सङ्ख्या भने तुलनात्मक रुपमा भने निकै बढी रहेको बताउँछन् अध्यक्ष खड्का ।

अन्य गतिविधिमा सक्रियता ः
वि.सं २०५७ मा इडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेसन नेपाल (इप्सन) नामक क्लष्टर गठन गरेर एनप्याब्सनमा सक्रिय रुपमा अघी बढेका खड्का अन्य सामाजिक कार्यमा समेत त्यत्ति नै सक्रिय छन् । एम्नेष्टी इन्टरनेशनल नेपालको समूह ५६ अन्तरगत भक्तपुरका संयोजक समेत रहेका उनी शिक्षाको अलावा मानवअधिकारको क्षेत्रमा समेत विगत लामो समय देखि नै सक्रिय भूमीकामा छन् । भक्तपुरमा नेशनल प्याब्सनको तदर्थ समिति गठन देखि नै सक्रिय भूमीका निर्वाह गर्दै आएका छन्।

स्तरीय विद्यालयकाे सञ्चालन ः
क्ववालिटी इङ्गलिस सेकेण्डरी स्कुल अध्यक्ष खड्काले सञ्चालन गर्दै विद्यालय हो । जुन विद्यालय भक्तपुरको पूर्वी भेगमा सञ्चालित स्तरीय निजी विद्यालयको रुपमा चिनिन्छ । हाल उक्त विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन-अध्यापनान संलग्न छन् । शिक्षण तथा व्यवस्थापनको निम्ति संलग्न भएका कर्मचारीको संख्या २९ छ । ४ रोपनी क्षेत्रफलमा प्रयाप्त खेलमैदान र भवन सहित सञ्चालनमा रहेको यो विद्यालय चाँगुनारायण नगरपालिका स्थित नगरकोट, थालिङ र बागेश्वरीको बीचमा पर्छ ।
२०५५ देखि शिक्षाको क्षेत्रमा संलग्न रहेका खड्का शुरुमा अन्य विद्यालयमा शिक्षण कार्यमा संलग्न रही शिक्षा क्षेत्रलाई व्यवस्थित गर्नको निम्ति आफैंले शिक्षा प्रदायक संस्था सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरेर विद्यालय सञ्चालन गरेका हुन् ।

भक्तपुरको शिक्षाको विकासमा सामुहिक फोरम अवधारणामा अघी बढ्दै ः
नेपालमा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरु अहिले विभिन्न संघसंस्थाहरुमा आवद्ध छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान, अभिभावक संघ, इसान लगायतका संस्थाहरु शिक्षाको विकासको निम्ति सबै सँगै अघी बढ्ने किसिमले सामुहिक रुपमा नै अघी बढेको खड्का बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij