२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कतै नयाँ बर्षकाे हर्ष कतै शाेकैशाेक, परदेशी नफर्किएकाेमा चिन्तित बाबुराम फेरी चर्चामा …………….(भिडियाे सहित)

कतै नयाँ बर्षकाे हर्ष कतै शाेकैशाेक, परदेशी नफर्किएकाेमा चिन्तित बाबुराम फेरी चर्चामा …………….(भिडियाे सहित)

गुल्मी जिल्लाकाे भनभने गाविसमा जन्मेर साङ्गातिक क्षेत्रलार्इ राेजेका कर्मठ युवा व्यक्तित्व बाबुराम पन्थी फेरी एकचाेटी चर्चामा अाएका छन् ।  चर्चित गितकार एबं गायक बावुराम पन्थी फेरी एउटा दमदार प्रस्तुती लिएर बजारमा आएका छन् । झण्डै तीन सय गितहरुमा लय शब्द स्वर दिएर निकै चर्चामा रहेका गितकार पन्थी पछिल्ला केहि वर्ष साँगितिक ओझेलमा थिए ।
‘पिपल छायाँमा फेरि मन फर्कियो भुपु मायाँमा’ भन्ने गितबाट सांगितिक यात्रामा प्रवेश गरेका पन्थी हाल लोक तथा दोहोरी गीतहरू र सालैजो गितहरुमा स्वर दिँदै  चर्चामा रहँदै अाएका छन् ।
‘बटौलीमा मायाँलाई वसाली बास पाल्पा हुँदै लैजाने हो तम्घासमा’ भन्ने बोलको गितले उनि निकै चर्चामा आएका थिए । त्यस लगत्तै उनि केहि वर्ष सांगीतिक ओझेलमा थिए फाट्ट फुट्ट केहि गितहरु बजारमा ल्याएर कमै गितहरु बजारमा आएका थिए । पछिल्लो केहि समय यता उनका लगातार गितहरु बजारमा आएका छन् ।
संगीतकाे नसाबारे अाफ्नाे अनुभव सुनाउँदै पन्थी भन्छन्, ‘साँगीतिक नसामा डुबिसकेपछि गितहरु मनमा च्यापेर राख्न सकिँदो रहेनछ, त्यसैले पनि साँगितिक क्षेत्रमा ओझेल पर्न सक्दीन’ । उनले थपे, ‘धेरै गितहरु सृजना गरेको छु ति बिस्तारै बजारमा आउँदैछन् ।’

लोक दोहोरी गितहरु सगै केहि मौलिक संस्कृति झल्कने गितहरु पनि बजारमा आउने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij