२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

निजी उद्याेगका समस्या पहिचान गरी समाधानकाे पहल गर्न भूमीका खेल्नेछु ः रविन श्रेष्ठ

निजी उद्याेगका समस्या पहिचान गरी समाधानकाे पहल गर्न भूमीका खेल्नेछु ः रविन श्रेष्ठ

नेपाल उद्याेग वाणिज्य महासंघकाे निर्वाचनमा कार्यसमिति सदस्यकाे भूमीकामा रही नेपालका निजी उद्याेगधन्दाका साझा समस्या समाधानकाे निम्ति माथिल्लाे नेतृत्वसँग अाफूहरूका कुराहरू राख्दै समाधानकाे निम्ति पहल गर्ने उद्येश्य सहित रविन श्रेष्ठ नेपाल उद्याेग वाणिज्य महासंघकाे निर्वाचनमा उम्मेद्वारी दिएका छन् ।

रविन श्रेष्ठ

एफएनसिसिअार्इकाे कार्यसमिति सदस्य पदका अाकांक्षी

नेपालमा विगत लामाे समय देखि फुटवेयर इण्डष्ट्रिकाे क्षेत्रमा काम गर्दै अाएका श्रेष्ठले नेपालमा रहेका उद्याेगहरूमा कामदार स्वदेशमा नै अापुर्ति गर्नकाे निम्ति, स्वदेशी उत्पादनकाे ब्राण्डिङ तथा बजार प्रवद्धन र नेपाली उद्याेगहरूकाे क्षमता विस्तारकाे निम्ति नयाँ अवधारणाकाे साथ अघी बढिरहेका छन् ।

उनी हाल नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसाेसिएसनका अध्यक्षकाे भूमीकामा छन् । यही संस्थाकाे प्रतिनिधित्व गर्दै नेपाल उद्याेग वाणिज्य महासंघकाे वस्तुगत संघकाे तर्फबाट उम्मेद्वारी दिएका हुन् ।

नेपाली उद्याेगहरूबाट उत्पादित सामाग्रीकाे मूल्य घटाउनकाे निम्ति उत्पादन नै बढाउनुपर्छ भन्ने मान्यतामा पुगेका श्रेष्ठले हाल काठमाडाैंबाट जुत्ताका साेल बनाउने कम्पनी बज्र फुटवेयर र जुत्ता उत्पादन गर्ने कम्पनी काेशेली शुज सञ्चालन गरी काेशेली ब्राण्डका जुत्ताहरू उत्पादन गर्दै अाएका छन् ।

नयाँ नेतृत्वमा काम गर्न सजिलाे हुने अाशा

उद्याेग वाणिज्य महासंघमा विगतमा पुरानाे नेतृत्व नै रहने कारण नयाँ थाेरै सङ्ख्यामा प्रतिनिधित्व गर्ने व्यक्तिलार्इ काम गर्न गाह्राे हुने भएपनि यस पटक भने नेतृत्वमा ठूलाे संख्यामा नयाँ व्यक्तिहरू नै प्रवेश गर्ने देखिएकाे हुनाले अाफूहरूले  समेत महासंघमा शशक्त भूमीका निर्वाह गर्न सक्ने देखेका रविनले नेपालका उद्याेग तथा व्यवसायका साझा समस्या समाधानकाे निम्ति विशेष पहल गर्ने अाशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij