विद्यालयकाे अभिभावक दिवस सम्पन्न ः
क्रिम लर्निङ एम्बिएन्स स्कुलले यही शनिवार विद्यार्थीहरूलार्इ पुरष्कार वितरण सम्पन्न गरेकाे छ । शिक्षाविद् जयराज अाचार्यकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रमकाे अवसरमा विद्यालय निरिक्षक रामहरी थापा, एनअार क्याम्पस प्रमुख धनलाल महर्जन लगायतकाे उपस्थिति थियाे ।
घनश्याम पाण्डे
प्रिन्सिपल, क्रिम लर्निङ एम्बिएन्स स्कुल
पुरष्कार वितरण कार्यक्रम अन्तरगत अङ्ग्रेजी कविता तर्फ निर्माण न्याैपानेले प्रथम स्थान हासिल गरेका छन् । वक्तृत्वकलामा प्रतिक्षा सानु मगरले प्रथम स्थान हासिल गरेकी छिन् । विद्यालयले अन्य पुरष्कारहरू समेत प्रदान गरेकाे छ । निबन्ध लेखन, वादविवाद लयायतका विभिन्न विधाहरूमा समेत विद्यार्थीहरूलार्इ पुरष्कार वितरण गरेकाे छ । उक्त अवसरमा विद्यार्थीकाे नाचगान तथा नृत्यकलाकाे समेत सञ्चालन गरेकाे थियाे ।
कस्ताे विद्यालय हाे क्रिम लर्निङ एम्बिएन्स ः
तारकेश्वर स्थित शेषमतीपुल नजिकै लामबगरमा सञ्चालनमा रहेकाे क्रिम लर्निङ एम्बिएन्स स्कुलले प्रि-प्राइमरी र प्राइमरी तहमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै अाएकाे छ । प्रि-प्राइमरी तहमा मन्टेश्वरी वेष्ड भइ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै अाएकाे यस विद्यालयले Learning by Doing Method
बाट अध्यापन गराउँदै अाएकाे विद्यालयका प्रिन्सिपल घनश्याम पाण्डेले बताएका छन् । यस अन्तरगत विद्यालयले अडियाेभिजुअल, ड्रामा, बास्केटवल, व्याडमिण्टन, अार्ट एण्ट क्राफ्ट, ड्रइङ, राेल प्ले लगायतका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापकाे माध्यमबाट शिक्षा दिँदै अाएकाे छ ।
कमजाेर विद्यार्थीहरूकाे निम्ति अतिरिक्त कक्षाकाे समेत व्यवस्था गरेकाे यस विद्यालयले धेरै पैसा गरेर वा विद्यालयकाे ठूलाे विल्डिङ देखेर मात्र स्तरीय शिक्षा बालबच्चाले पाउन सक्दैनन् भन्ने कुरा अभिभावकलार्इ बुझाउँदै समेत अाएकाे छ ।
हाल यस विद्यालयमा २ सेक्सनमा गरी ४ सय विद्यार्थीहरू अध्ययनरत छन्। शिक्षण तथा व्यवस्थापनकाे निम्ति ३० जना व्यक्तिहरू संलग्न रहेकाे यस विद्यालय हाल साढे ३ राेपनी जग्गामा फैलिएकाे छ । एउटा स्कुल बस सञ्चालन गरेकाे यस विद्यालय शिक्षण क्षेत्रमा लामाे समय रहेर काम गर्नुभएका अनुभवी व्यक्तिहरूकाे अलावा विभिन्न उद्यमी तथा व्यवसायीहरूकाे टिमबाट सञ्चालन भएकाे छ । अागामी दिनमा विद्यालय तहकाे अलावा उच्च शिक्षा समेत अध्ययनकाे वातावरण मिलाउने उद्येश्यले विद्यालय सञ्चालन गरेकाे पाण्डे बताउँछन् । भूकम्प प्रतिराेधी भवन निर्माण गरेकाे याे विद्यालय अागामी दिनमा पूर्वाधार र प्रविधिमैत्री भएर नै अघी बढ्नेमा प्रतिवद्ध छ ।
कस्ताे हुनुपर्छ बालबालिकाकाे वृत्तिविकासमा अभिभावककाे भूमीका ?
विद्यालयका प्रिन्सिपल घनश्याम पाण्डे भन्छन्, ‘अभिभावकहरूले विद्यालय छनाैट गर्दा विद्यालयकाे टिचिङ मेथड हेरेर मात्र अभिभावकहरूले विद्यालय
छनाैट गर्नु जरूरी रहन्छ ।’ अभिभावककाे समेत अाफ्ना बालबालिकाहरूलार्इ कुन दिशामा डाेहाेर्याउने भन्ने सम्बन्धमा ठूलाे भूमीका रहने हुनाले अाफ्ना बालबालिकाकाे हेरचाह र ख्याल गर्ने काममा अभिभावक सदैव सचेत हुनुपर्ने उनकाे धारणा छ ।
पछिल्लाे समय नेपालका विद्यालयहरू कवालिटीलार्इ भन्दा पनि अाफ्नाे मुनाफाबाट प्रेरित विद्यालयहरूकाे सङ्ख्या बढ्दै गइरहेकाे अवस्थामा राम्राे विद्यालय छनाैट गर्ने काम विद्यार्थीका अभिभावकहरूकाे निम्ति पनि ठूलै चुनाैतीकाे रूपमा रहेकाेमा अभिभावकहरू सचेत हुन सकेमात्र सुलभ शुल्कमा स्तरीय शिक्षा प्रदान गर्न सकिने पाण्डेकाे धारणा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij