चमेनागृहबाट व्यावसायिक यात्रा शुरु गरेका र वितरक हुँदै हाल मकवानपुरबाट विभिन्न उत्पादनमूलक तथा सेवामूलक उद्योगहरु सञ्चालन गर्दै आएका सङ्घर्षशिल युवा उद्यमी हुन् राजकुमार न्यौपाने ।
हाल मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका न्यौपानेले नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारी सृजना गर्ने, नेपालमा नै उद्यमशिल वातावरण बनाउने, साना तथा मझौला लगानीका उद्यमी तथा व्यवसायीहरुलाई परेका पीरमर्काको सम्बोधन गर्ने योजनाको साथ एफएनसिसिआइको अबको चुनावमा जिल्ला तथा नगरबाट कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिँदैछन् ।
हेटौंडा औद्योगिक क्षेत्रबाट मकवानपुर वेभरेज इण्डष्ट्रिज प्रा.लि सञ्चालन गर्दै आएका छन् । यसको साथै डिटरजेन्ट पाउडर उत्पादन गर्दै आएको सुर्यविनायक शोप एण्ड पाउडर उद्योग पनि उनले सञ्चालन गर्दै आएका छन् ।
हेटौंडा औद्योगिक क्षेत्रबाट १५ जना वेरोजगार महिलाहरुलाई रोजगारी दिँदै आएका न्यौपाने आफैंले नैसबै तहमा रहेर काम गरेका हुनाले सबैको समस्याको आफैंले सजिलै बुझ्ने सामथ्र्य राख्छन् । नेपाल उद्याेग वाणिज्य महासंघकाे अब हुने निर्वाचन मार्फत केन्द्रीय कार्यसमितिकाे माध्यमबाट देशभरका उद्यमी व्यसायीहरूकाे निम्ति काम गर्ने उनले इच्छा राखेका छन् ।
नेपालमा लामाे समय देखि सक्रिय रूपमा विभिन्न व्यवसायहरूमा रही काम गरेका र अाफ्नाे स्पष्ट धारणा राख्ने क्षमताका भएका हुनाले उनले नेपालका तरार्इ लगायतका अधिकांश क्षेत्रमा राम्राे प्रभाव जमाउन सफल भएका छन् ।
हाल हेटाैंडा उद्याेग वाणिज्य संघकाे प्रतिनिधित्व गर्दै एफएनसिसिअार्इमा सदस्य पदकाे निम्ति उम्मेद्वारी दिन लागेका न्यापानेले हेटाैंडा क्षेत्रमा सडक विस्तारकाे क्रममा सर्वसाधारण व्यक्तिहरूलार्इ उपयुक्त विकल्प बिना सडक विस्तार गरेर सुकुम्बासी बनाउन लागेकाे भन्दै राज्यसँग उपयुक्त विकल्पकाे निम्ति पहल गरिरहेका छन् ।
मकवानपुर क्षेत्रबाट एफएनसिसिअार्इकाे चुनावी मैदानमा अहिले न्याैपानेकाे अलावा ३ नम्बर प्रदेशका संयाेजक अरूणराज सुमार्गी र मकवानपुर उद्याेग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ चुनावी मैदानमा अाेर्लिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij