काठमाडौं । काठमाडाैंकाे गाेलढुंगा स्थित सञ्चालित सिर्जना ज्ञानसागरले अायाेजना गरेकाे २ दिने सिर्जना महाेत्सवकाे पहिलाे दिन विशेष रूपमा सम्पन्न भएकाे छ ।

विद्याल विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, प्राेजेक्ट रिपाेर्ट, अार्ट एण्ड क्राफ्ट, कल्चरल प्रस्तुती, फुड स्टल, स्टेज प्राेग्राम लगायतका विभिन्न क्षमता प्रदर्शन गरेका छन् ।
विद्यालयले अायाेजना गरेकाे प्रदर्शनीकाे विद्यालय निरीक्षक रामहरि थापा र स्राेत व्यक्ति रामेश्वर पाैडेल लगायतले अवलाेकन गर्नुभएकाे थियाे । अवलाेकन पश्चात् विद्थार्थीकाे वैयक्तिक क्षमता विकासकाे निम्ति उत्कृष्ट वातावरण बनाइदिएकाे प्रति विद्यालयका प्रिन्सिपल राजेन्द्र फुयाँल प्रति समेत कृतज्ञता व्यक्त गर्नुभएकाे थियाे ।

अभिभावकहरू समेत अाफ्ना छाेराछाेरीकाे प्रतिभा देखेर निकै खुसी भएका देखिन्थे ।
विद्यालयले अाज विशेष कार्यक्रम बीच पुरष्कार वितरण तथा अभिभावक दिवस मनाउँदैछ ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij