२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विर्तामाेडकाे राजनीति ः स्थानीय तहमा नेपाली काङ्ग्रेसबाट अाचार्यकाे प्रबल सम्भावना

विर्तामाेडकाे राजनीति ः स्थानीय तहमा नेपाली काङ्ग्रेसबाट अाचार्यकाे प्रबल सम्भावना

विर्तामाेड स्थित नेपाली काङ्ग्रेस नगर उप-सभापति लक्ष्मी प्रसाद अाचार्य नेपालमा १९ बर्ष देखि स्थानीय निर्वाचन हुन नसकेकाे कारण मुलुककाे अवस्था अस्तव्यस्त भएकाे प्रति चिन्तित छन् । विगतमा विभिन्न व्यावसायिक क्षेत्रमा समेत संलग्न उनी नेपालकाे विकासलार्इ सही दिशामा लैजानकाे निम्ति राजनीतिमा अाफुहरू अाउनुपरेकाे बताउँछन् ।

विगतमा पूर्वाञ्चल उमावि र सगरमाथा अावाशिय विद्यालयमा प्रिन्सिपल भइसकेका उनी अहिले भने पूर्ण रूपमा राजनीतिमा नै सक्रिय तवरले लागिरहेका छन् । विभिन्न भूमीकामा गरी राजनीतिक रूपमा नेपाली काङ्ग्रेस निकट करिब अाधा दर्जन संस्थाहरूमा हाल उनकाे प्रत्यक्ष संलग्नता छ ।

अब छिट्टै हुन लागेकाे निर्वाचनमा उनी पनि गाउँपालिका अन्तरगत रहेर पार्टीले अावश्यक ठहर्याएकाे जुनसुकै  भूमीका पनि निर्वाह गर्न अाफू तयार रहने अाचार्यले सेताेघर डट कम सँगकाे कुराकानीकाे क्रममा बताएका छन् ।

स्थानीय चुनाव पश्चात् विकृति र भ्रष्टाचार स्वतः कम हुने ः

२ कार्यकाल पार्टीकाे नगर उपसभापति भइसकेका उनी नेपालका राजनीतिक दलहरूलार्इ सही दिशामा हिँडाउन, विकास निर्माणका कार्यहरूलार्इ व्यवस्थित तवरले सञ्चालन गर्न र स्थानीय जनताले महसुस गर्न सक्ने गरी विकासका कार्ययलार्इ अघी बढाउनकाे निम्ति स्थानीय तहकाे निर्वाचन अपरिहार्य रहेकाे भन्दै स्वस्थ तवरले निर्वाचन हुन सके अहिले समाजमा रहेका विकृति र विसङ्गतिहरू बढारिएर जाने धारणा व्यक्त गर्छन् ।

राम्राे जनसङ्ख्या रहेकाे क्षेत्र ः

नेपालकाे झापा स्थित विर्तामाेड नगरपालिकामा शनैश्चरेका लक्ष्मी अाचार्य जनसङ्ख्याकाे हिसाबले निकै धेरै सङ्ख्या रहेकाे नगरपालिकाकाे रूपमा विर्तामाेड नगरपालिका रहेकाे बताउँछन् । पहिलेका अनारमणि गाविस, गरामणि गाविस र चारपाने गाविस मिलेर विर्तामाेड नगरपालिका बनेकाे बताउँदै उक्त नगरपालिका स्थित अाफू रहेकाे ५ नम्बर वडा ( पहिलेकाे अनारमणि गाविस) मा मात्रै २५ हजार जनसङ्ख्या रहेकाे र ७ हजार मतदाताहरू रहेकाे र मुख्य दलहरू बीच तीव्र प्रतिष्पर्धा हुने देखिए पनि नेपाली काङ्ग्रेसकाे राम्राे तयारी भएकाे  कारण निर्वाचनकाे परिणाम नेपाली काङ्ग्रेसकाे पक्षमा पर्नेमा अाशावादी रहेकाे बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij