२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

शिक्षा कर्नर ः टाइम्स एकेडेमीका प्रिन्सिपलका अभिभावकलाई टिप्स

शिक्षा कर्नर ः टाइम्स एकेडेमीका प्रिन्सिपलका अभिभावकलाई टिप्स

१. अभिभावकले विद्यार्थी भर्ना गर्नुपूर्व कुन विद्यालय कसरी सञ्चालन हुँदै आएको छ भन्ने कुरा बुझेर मात्र विद्यार्थीहरुको भर्ना गर्नु जरुरी रहन्छ ।

पदम रानाभाट
प्रिन्सिपल, टाइम्स एकेडेमी (तारकेश्वर)

२. प्रचार र हल्लाको भरमा विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्नुहुँदैन ।
३ं विद्यालयको अवस्था कस्तो छ भन्ने कुरा जान्ने एउटा माध्यम भौतिक पूर्वाधार पनि भएको हुनाले सम्बन्धित विद्यालयमा उपलब्ध पूर्वाधारमा पनि अभिभावकहरु चनाखो हुनु जरुरी छ । याद गर्नुहोस्, विद्यालय भित्रको पूर्वाधारले नै विद्यार्थीलाई पढ्ने वातावरण तयार गर्ने हुनाले पूर्वाधारको पनि महत्वपूर्ण भूमीका रहन्छ ।
४. विद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिने विद्यालय बालमैत्री हुनुपर्छ । बालमैत्री हुनको निम्ति सम्बन्धित विद्यालयको वातावरण कस्तो छ भन्ने कुरामा पनि अभिभावकहरुले विचार पुर्याउनुपर्छ ।
५. तर, भौतिक पूर्वाधार मात्रै सबै कुरा नभएको हुनाले त्यस विद्यालयले सिकाउने संस्कारको बारेमा पनि अभिभावकहरुले बुझ्नु जरुरी छ । प्राथमिक तहमा विद्यार्थी भर्ना गर्दा दूरीको हिसाबले पनि नजिककै विद्यालय छनौट गर्नु उपयुक्त मानिन्छ । नजिकका विद्यालयको अवस्था कस्तो छ भन्ने कुरा वरपरका छरछिमेकीहरुबाट समेत पाउन सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij