२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विनयले दाहसंस्कार गरेका वेवारिसे लासकाे सङ्ख्या ४४ पुग्याे

विनयले दाहसंस्कार गरेका वेवारिसे लासकाे सङ्ख्या ४४ पुग्याे

पछिल्लाे समय ४ शवकाे सामुहिक दाहसंस्कार

एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका ४ वटा बेवारिसे शव संकलन गरी शुक्रवार सामुहिक दाहसंस्कार गरेको छ । याे संस्थाका अध्यक्ष विनयजंग बस्नेत  विगत ३ बर्ष  देखि यसै कार्यमा संलग्न छन् । उनले विगत ३ वर्ष पहिलेदेखि अस्पतालका रहेका ४४ वटा बेवारिसे शवहरूलाइ दाग बत्ति दिइ सकेका छन ।

एक्सन फर सोसल चेन्ज ( बेवारीसे व्यवश्थापन तथा पुनर्जिवन केन्द्र ) ले बिना कुनै अनुदान संस्थाका सदस्यहरूको अान्तरिक सहयोगबाटै सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै अाएकाे छ ।

एक्सन फर सोसल चेञ्जले एक सोचले मानिसको जिवन परिवर्तन गर्छ भन्ने मान्यता बमाेजिम बेवारीसे भनिएकाहरुको अब हामि हुनु पर्छ भन्ने मुल नाराका साथमा काम गरिहेको छ ।

अस्पतालमा बेवारीसे अवस्थामा रहेका शवहरुको दाहसंस्कार गर्ने नेपालको एक मात्र मान्यता प्राप्त संश्था हो याे  । यसका साथै बेवारीसे हुनबाट रोक्न सडक पेटि,पाटि, मठ मन्दिर लगायतका ठाँउमा बेवारीसे अवश्थामा रहेका बेवारीसे भनिएकाहरुको पहिचान गर्ने, संरक्षण गर्ने र व्यवस्थापन गर्ने कार्यहरु गर्दै आइरहेको छ ।

साथै यस संस्थाले नेपालमा अन्य विभखन्न सामाजिक कामहरू समेत गर्दै अाएकाे छ । संंस्थाका अध्यक्ष विनयजंग बस्नेतका अनुसार यसरी सामाजिक क्षेत्रमा रहेर काम गर्ने क्रममा पनि अन्य निकायहरूबाट भने अपेक्षाकृत सहयाेग पाउन सकिएकाे छैन ।

हाल एक्सन फर साेसियल चेन्जले विभिन्न अस्पतालका विरामीहरूकाे उपचारकाे व्यवस्था गर्ने, अनाथहरूकाे सहयाेग, अाैषधीउपचारकाे व्यवस्था, हेरचाह लगायतका काम गर्दै अाएकाे छ । वैकल्पिक अभिभावककाे रूपमा काम गर्दै अाएकाे यस संस्थाले कुलतमा फस्नबाट मानिसहरूलार्इ बचाउनकाे निम्ति र कुलतमा फसिसकेकाहरूलार्इ कुलतबाट बाहिर निकाल्नकाे निम्ति समेत सचेतनामूलक कामहरू गर्दै अाएकाे छ । 

पछिल्लाे समय यस संस्थाकाे पहलमा वास्तविक घटनामा अाधारित नदेखिएका अाँशुहरू नामक डकुमेन्ट्री पनि निर्माण गरिएकाे छ । यस डकुमेन्ट्रीले नेपालमा कुलतकाे लतमा लागेर  परिवार र समाजमा रहेका अन्य व्यक्तिहरूलार्इ कस्ताे प्रभाव पार्छ भन्ने कुरा मात्र देखाएकाे छैन । यस्ता समस्याहरूसँग समाधान पनि सँगै छ । अाफू भित्रै छ भन्ने कुरा पनि यसमा देखाउन खाेजिएकाे छ । भर्खर यसकाे सुटिङ सकिएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij