काठमाडौं । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएशन नेपाल (एनप्यावसन) काठमाडौँले छैठौं जिल्ला अधिवेशन सम्पन्न गरेकाे छ ।
हिजाे भएकाे अधिवेशन मार्फत नयाँ कार्यसमितिकाे अध्यक्षकाे पदभार प्राेग्रेसिभ इङ्गलिस सेकेण्डरी स्कुलका प्रिन्सिपल विष्णु प्रसाद पराजुलीले लिएका छन् । ३ बर्षे कार्यकाल रहेकाे नयाँ कार्यसमिति सर्वसम्मत रूपमा नै चयन भएकाे हाे । कार्यसमिति २७ सदस्यीय छ ।
काे काे छन् नयाँ कार्यसमितिमा ?
नयाँ कार्यसमितिमा बाफल स्थित ग्रिनफिल्ड एकेडेमीका खड्ग बस्नेत वरिष्ठ उपाध्यक्ष बनेका छन् । उपाध्यक्ष पुष्कर बस्नेत मूलपानी स्थित विद्या अार्जन एकेडेमीमा संलग्न छन् । अर्का उपाध्यक्ष भीष्म पाण्डे ग्रीन लन्च एकेडेमीमा अावद्द छन् । सचिव रूद्रमणी सुवेदी क्रिष्टल एकेडेमीका हुन् । यस्तै सह-सचिव अमृत खड्का भीमेश्वर स्कुलका हुन् । अर्का सह-सचिव बालकुमार गुरूङ जाेरपाटी स्थित कान्तिपुर एकेडेमीका हुन् ।

नयाँ काेषाध्यक्ष श्याम याेञ्जन छन् । उनी सिनामङ्गल स्थित अभिषेक ज्ञान मन्दिरका हुन् । यस्तै सह-काेषाध्यक्ष हिक्मत दाहाल बालाजु स्थित अरूणी एकेडेमीका हुन् । अर्का सह-काेषाध्यक्ष हाेम बहादुर अधिकारी जाेसेफ हाइ स्कुलमा संलग्न छन् ।
साथै सदस्यहरूमा डि.एन महताे, भिष्म ढकाल, बासु भट्ट, गेन्द्र लामा, शक्ति नेपाल, विनय श्रेष्ठ, हरी माझी, विजय खरेल, प्रेम भुजेल, समिर बास्ताेला, रामबाबु सेढार्इं, गंगा त्रिपाठी, साधना दाहाल, डम्बर कार्की, कुशव भट्टरार्इ, देवी तामाङ, उमा बिष्ट रहेका छन् ।
अबका प्राथमिकता ः
नयाँ कार्यसमितिले शिक्षाकाे गुणस्तर सुधारलार्इ पहिलाे प्राथमिकतामा राख्ने एनप्याब्सन अन्तरगतका सदस्य विद्यालयहरूले विश्वास लिएका छन् । अार्थिक सामाजिक रूपमा संस्थालार्इ सबल बनाउँदै विद्यार्थीकाे वैयक्तिक क्षमता विकासकाे निम्ति खेलकुदमा सहज पहुँच

पुर्याउनकाे निम्ति विशेष पहल गर्ने र विद्यालयहरूलार्इ प्रविधिमा अभ्यस्त बनाउनकाे निम्ति समेत पहल गर्ने नवनिर्वाचित अध्यक्ष पराजुलीले सेताेघर सँगकाे कुराकानीमा बताएका छन् । यद्यपि संस्थालार्इ कसरी अघी बढाउने भन्ने सम्बन्धमा निर्णय भने पहिलाे बैठक बसे पश्चात् नै हुनेछ ।