काठमाडौं | जय नेपाल पार्टीको केन्द्रीय सदस्य रहनु भएका राजकुमार जोशी पाँचथर जिल्ला तदर्थ समितिको सभापतिमा चयन हुनु भएको छ ।
जय नेपाल पार्टीका केन्द्रीय सम्मानित सल्लाहकार समितिका सदस्य क्या.जसबहादुर खेवाङको अध्यक्षता र केन्द्रीय सदस्य तथा सचिवालय प्रमुख सगुन सुन्दर लावतीको उपस्थितिमा फिदिम नगरपालिका–४ मा बसेको भेलाले जोशीको नेतृत्वमा जिल्ला तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिका अन्य पदाधिकारीमा उपसभापतिमा कमल कुमार राई, भीम आचार्य, सचिवमा रोसिना बोहरा, सहसचिवमा योगेन्द्र सिगु र सविना बजी रहेका छन् । यसैगरी जिल्ला तदर्थ समितिको सदस्यहरुमा राजभक्त आङदेङवे, संजिव जोशी, धनबहादुर विक, राजकुमार सम्वाहाम्फे, मदनकुमार बोहरा, मिना गदाल, शिवकला लावती, नरेन्द्र लावती, देउमान राई, रिमला जोशी, राम लावती, तीर्थ तामाङ, होम मगर, ऋतुवर्ण लिम्बु र विष्णु श्रेष्ठ रहनु भएको छ ।
जिल्ला तदर्थ समितिको अन्य सदस्यहरुमा याङवरक गापा सभापति चरिमाया योङहाङ फालेलुङ गापाका सभापति राम तामाङ, हिलिहाङ गापा सभापति नरेन्द्र सिगु, फिदिम नपा सभापति नन्द लावती, तुम्बेवा गापा सभापति देवीधर्म खड्का, कुम्मायक गापा सभापति चन्द्र लावती, फाल्गुनन्द गापा सभापति रामकुमार नेम्बाङ, मिक्लाजुङ गापा सभापति रविन राई रहनु भएको छ ।
भेलाले प्रदेश निर्वाचन कार्यसमिति (क) सभापतिमा गमबहादुर सिगु, प्रदेश निर्वाचन कार्यसमिति (ख) सभापतिमा रोशन घिमिरेलाई चयन गरेको छ ।
भेलाले जिल्ला सम्मानित सल्लाहकार समिति पनि गठन गरेको छ । जस अनुसार समितिको संयोजकमा टठबहादुर घिमिरे र सदस्यद्वयमा नरबहादुर लावती र दलबहादुर समाल रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij