सुन तोलाको ६० हजार पुग्यो



काठमाडौं । सोमबार सुनको मूल्य बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन आइतबार सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

तेजावी सुन भने ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोलामा ७ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज तोलामा ५ रुपैयाँले बढेको हो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: