विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले कथाकार नारायण तिवारीलाई ‘कृष्णभूषण बल स्मृति साहित्य पुरस्कार समर्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले तिवारीलाई पुरस्कृत गरेको हो । भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्ष प्रा. डा. टंकप्रसाद न्यौपाने र प्रमुख संरक्षक शोभा लामा बलले संयुक्त रुपमा नगद २५ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए ।
चार दशकदेखि नेपाली भाषा साहित्यमा कलम चलाउँदै आएका तिवारीका आधा दर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् । कार्यक्रममा कवि बद्री भिखारी, मुनाराज शेर्मा, शुभलक्ष्मी लम्साल, सीमा आभास, सुदीप पाख्रिन, रमेशचन्द्र अधिकारी, मञ्जुश्री गिरी, उमेश लुइँटेल, दीपक शम्चु र धीरज राईले वरिष्ठ कवि बलका कविता वाचन गरे । त्यस्तै झापाका कवि कृष्ण बराल र धरानका कवि डा. गोपाल भण्डारीले बलसँग सम्बन्धित कविता प्रस्तुत गरेका थिए । साहित्यकार कुन्ता शर्मा, प्राज्ञ एनपी आचार्य, विवश पोखरेल, ऋतु आसिक, सांसद सावित्रा रेग्मी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले कविता साहित्यमा कृष्णभूषण बलको योगदानको चर्चा गरे ।




- कञ्चनपुरबाट फेरि पाँच किलो बढी अवैध सुन बरामद
- कश्मीरमा चरमपन्थीको आक्रमण
- सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट
- चितवनबाट समातिए २३ जुवाडे
- हेस्टर बायोसाइन्सेज नेपालको नाला उग्रचन्डीमा नयाँ संयन्त्रको समुद्घाटन
- पानीजहाजकाे प्रधानमन्त्रीले गरे उद्घाटन
- संसदीय समिति बैठकमा चकाचर्की
- पन्चासे मा.विको ४३ औं वार्षिक उत्सव सम्पन्न।
- पन्चासे मा.विको ४३ औं वार्षिक उत्सव सम्पन्न।
