दानव नदीमा २३ वर्षीया युवतीको शव फेला


बुटवल– रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक युवतीको शव आज फेला परेको छ । स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिइन् ।

अन्दाजी २३ वर्षीया ती युवतीको शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । ‘घटना के भएको हो, विस्तृत कुरा अनुसन्धान भएपछि मात्रैे थाहा हुन्छ’, प्रहरी निरीक्षक बोहोराले भनिन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: