‘मिस्टर फक्स एण्ड द स्कूल ब्वोई’ कौशी थिएटरमा


बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ कौशी थिएटरमा मञ्चन हुँदैछ । ‘मिस्टर फक्स एण्ड द स्कूलब्वोई’ मंगलबारबाट आउँदो साउन १३ गतेसम्म मञ्चन हुनेछ ।

नाटकमा बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नाटकको संयोजन एवं निर्देशन चे शंकरले गरेका छन्।

निर्देशक चे शंकरका अनुसार प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरू जोगाउन पहल गर्ने तथा जीवजन्तुहरुको संरक्षणमा मानिसको दायित्व उजागर गर्ने उद्देश्यसहित नाटक तयार गरिएको हो ।

 

‘बालबालिकाहरूको जनावरप्रतिको दृष्टिकोणलाई बदल्ने मेरो प्रयास हो’, उनले भने, ‘यस प्रकारका कलात्मक सिर्जनाले नवीनतम् सन्देश प्रवाह गर्नसक्छ ।’ बढ्दो शहरीकरणका कारण जनावरहरूले आफ्ना बासस्थान गुमाइराखेको उल्लेख गर्दै निर्देशक चे शंकरले यस विषयमा बालबालिकामा जागरण पैदा गर्न प्रयास गरिएको प्रष्ट पारेका छन् ।

नाटकमा उमेश पोखरेल र दीपेन्द्र शाहीको मुख्य अभिनय रहेको छ । गार्डेन थिएटरको उत्पादन एवं निर्माण रहेको नाटकमा प्रकाश व्यवस्थापनको जिम्मेवारी दिलजङ गुरूङ पाएका छन् । साथै ध्वनी व्यवस्थापन प्रतीक केसीले गर्दै छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: