यसपटक चुनावबारे ढिला बोल्यो भारत, के छ त भारतको धारणा ?


काठमाडौँ, २९ मंसिर । विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले यसपटक केही दिन ढिलो मात्रै चुनावको स्वागत गरेको छ ।प्रतिनिधिसभाका सबै स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको एक दिनपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

निर्वाचनको स्वागत गर्दै नयाँ सरकारसँग काम गर्न भारत सरकार आतुर रहेको जनाएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने,

-नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि होस् भन्ने हाम्रो चाहना छ ।

-लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर छ ।

-दुवै मुलुकबीच बर्षौ पुरानो घनिष्ठ सम्बन्ध रहेको छ ।

-नेपालको आर्थिक सम्वृद्धि र नेपाल भारत सम्बन्धका सबै पक्षमा सहयोग गर्न भारत तयार छ ।नेपाल समाचारपत्रमा खबर छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: