निर्धारित समयभन्दा २० सेकेन्ड अघि नै रेल गुड्दा जापानी रेल प्रशासनले माफी माग्यो


टोकियो । तोकिएको समयमा निर्धारित सेवा दिनु जापानको रेलसेवाको पहिचान नै हो । त्यसैले त हालै एक रेलले तोकिएको समयभन्दा २० सेकेन्ड छिटो स्टेशनबाट गुडाइएको कारण रेलवे प्रशासनले क्षमा मागेको छ ।

रेलवे प्रशासनले आफ्ना वेबसाइटमा माफी माग्दै लेखेको छ, ‘रेल निर्धारित समयभन्दा अघि नै गुडेको थियो । यसकारण यात्रीहरुले असुविधा भोग्नु परेको हुन सक्छ । यात्रीहरुमा भएको असुविधाप्रति हामी माफी माग्दछौं ।’

समाचार एजेन्सीहरुका अनुसार टोकियोको अकिहाबरा र इबारकी प्रान्तको सुकुबाबीच चल्ने रेल निर्धारित समयभन्दा २० सेकेन्ड पहिला नै स्टेशनबाट गुडेको हो । मंगलबार बिहान ९ः४४ मा छुट्नु पर्ने रेल २० सेकेन्ड अघि नै छुटेको बताइन्छ ।
रेल छिटो छुटेकोमा भने यात्रुका तर्फबाट कुनै गुनासो नआएको पनि रेलवे प्रशासनले जनाएको छ ।

यो रेलवे लाइनमा प्रत्येक चार मिनेटमा एउटा रेल गुड्ने गर्दछ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: