आफ्नो गृह जिल्लालाई कर्मथलो मान्ने नेता डा. महत


मुलुक यतिखेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएकोछ ।निर्वाचनको जितलाई आफ्नो पोल्टामा पार्न विभिन्न राजनीतिक शक्तिहरु प्रतिष्पर्धामा छन् । चुनावी प्रसार÷प्रचार व्यापक चलिरहँदा स्थानिय जनताले आफ्नो क्षेत्रका उम्मेदवारहरुको कामहरुको मुल्यांकन पनि गरिरहेका छन् । अब जनताले झुटा आश्वासन नदिन पनि नेताहरुलाई चेतावनी दिएका छन् ।
मुलुकका अन्य क्षेत्रमा भन्दा फरक प्रतिस्पर्धा रहेको छ नुवाकोट क्षेत्र नं १ मा । प्रष्ट वक्ता एबम नेपाली काँग्रेसका प्रभाबशाली नेता डा. रामशरण महत र माओबादीको हित बहादुर तमाङ भीडन्तले निकै चर्चा पाएको छ ।

आफ्नो गृह जिल्लालाई कर्मथलो मान्ने नेता डा. महत सदा जनताको समस्या र समाधान खोज्ने निकै प्यारा नेता मानिन्छन् भने, राष्ट्रिय राजनीतिमा शालीन र भद्र नेताको रुपमा चिनिन्छ ।
नेता डा. महत २०५१ साल देखि लगातार २०७० सालसम्म नुवाकोटबाट बहुमत सहित निर्वा्चित सांसद् हुन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेर चुनाव जितेका महतले आफ्ना क्षेत्रका नागरिकलाई कहिलै पनि जनप्रतिनिधिको अभाव हुन दिएनन् ।

उनको कार्यकालमा प्रचार कम र काम धेरै भएको पाइन्छ । आफ्नो क्षेत्रको विकासका लागि विभिन्न कार्यालय धाए बिनासकारी महाभुकम्प ले देश आक्रान्त भएको बेला उहाँको पहलमा अन्तर्राष्ट्रिय दाता सम्मेलन नेपाल गराउन सफल मात्रै भयनन ४ सय अर्वको सहयोग को प्रतिबद्ध नेपाल पाएका थियो ! उनको प्रयासबाट निर्वाचनको राजनीतिमा प्रवेश गरेपछि सांसद, मन्त्रीलगायत विभिन्न ओहोदामा रहेर नुवाकोट जिल्लाको विकास र आर्थिक रुपान्तरणका लागि गर्नुभएका अनगिन्ती कामहरुका बारेमा यहाँका जनता जानकार नै छन । ती सम्पूर्ण कामहरुको विस्तृत विवरण यहाँ उल्लेख गर्नु संभव छैन । राष्ट्रियस्तरका केही आयोजनाहरुका बारेमा मात्र उल्लेख गर्नुपर्दा जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने छहरे–टोखा सडक, गल्छी–देवीघाट सडक, नुवाकोट हुँदै जाने मध्यपहाडी लोकमार्गको निर्माण, निर्माणाधीन गल्छी–रसुवागढी सडक, गँगटे–गोल्फुभन्ज्याङ्ग, लिखु–कविलासदेखि बेतिनी–गोल्फुभन्ज्याङ्ग आदि सडकहरु छन । यस अतिरिक्त अन्य दर्जनौं सडकहरु बहुबर्षीय ठेक्का प्रणालीमा शुरुवात गरी सबै गाउँपालिका र वडाहरुमा पक्की सडकहरु निर्माणाधीन छन । लिखु, तादी र सहायक नदीहरुमा करिव दर्जनौं पक्की पुलहरुमध्ये अधिकांश निर्माण भै सञ्चालनमा आइसकेका छन र कतिपय निर्माणाधीन छन । त्यस्तै दर्जनौं झोलुङ्गे पुलहरु, ठूला तथा मध्यम सिंचाई आयोजनाहरु, सबै गाउँमा उज्यालो पु¥याउने विद्युतीकरण कार्यक्रम, डुवाचे जस्ता वृहद् आयोजना लगायत कैयौं खानेपानी आयोजना, झोर–छहरे टनेल मार्गको संभाब्यता अध्ययन जस्ता कार्यक्रमहरु उहाँको पहल र सक्रियतामा सञ्चालनमा छन । त्यसैगरी उहाँकै पहलमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय, अस्पताल मन्दिर, गुम्बा एवं पुरातात्विक सम्पदा तथा धरोहर, सार्वजनिक भवनको पुनर्निर्माण र भूकम्पपीडितहरुलाई घर निर्माण अनुदान आदि कार्यक्रमहरु पनि सञ्चालनमा छन ।

त्यस्तै, महतको पहलमा विगतमा प्रारम्भ गरिएका उपरोक्त आयोजनाहरुलाई आगामी दिनहरुमा सम्पन्न गराउन उहाँले सार्वजनिक प्रतिवद्धता व्यक्त गरेका छन । त्यस्तै खानेपानी, विजुली, सिंचाई, सडक जस्ता आधारभूत सुविधाहरु नपुगेका गाउँ–बस्तीहरुमा यी सुविधाहरु पु¥याउने, शिक्षा–स्वास्थ्य क्षेत्रको स्तरोन्नति, कच्ची सडकको स्तरोन्नति गर्दै पक्की बनाउने, झोंर–छहरे टनेलमार्ग जस्ता बृहद् राष्ट्रिय आयोजनाहरु कार्यान्वयनमा ल्याइनेछ । बालाजु–त्रिशुली सडक स्तरोन्नतिलाई यथाशीघ्र सम्पन्न गराउने, काउले ठाना —छहरे सडक र विगतमा संभाब्यता अध्ययन भैसकेर पनि निर्माण नभएका अन्य सडकहरुलाई शीघ्र कार्यान्वयन गराउने उहाँको कार्यक्रम छ । नुवाकोटको दक्षिणी भेगलाई राष्ट्रिय यातायातको सञ्जालमा ल्याउन तीनपिप्ले गल्छीमार्गको स्तरोन्नतिको कामलाई शीघ्र सम्पन्न गरिनेछ । त्यस्तै ओखरपौवा डम्पिङ साइटका कारण यस भेगका जनताले भोग्नुपरेका प्रदूषण तथा अन्य समस्याहरुको निराकरण गर्ने लगायतका एजेण्डालाई पनि प्राथमिकता दिइनेछ ।

आफनो निर्वाचन क्षेत्रका साथै सम्पूर्ण नुवाकोट जिल्लालाई उर्जा उत्पादन केन्द्रको रुपमा स्थापित गर्ने सोच रहेको छ । नुवाकोट जिल्लालाई पर्यटकीय आकर्षक गन्तब्यस्थलको रुपमा विकास गर्न नुवाकोट दरबार परिसर लगायत अन्य क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माण गरी प्राकृतिक सम्पदा र विविधताको उपयोग गर्नु आवश्यक छ । नुवाकोट जिल्ला खाद्यान्न भण्डारको रुपमा चिनिएको छ । त्यसैले कृषि उत्पादन विविधिकरण र व्यवसायीकरण गर्दै नयाँ प्रविधि प्रयोग गरी उच्चमूल्यका कृषि उपज, जडिबुटीको प्रवद्र्धन गरी किसानको जीवनस्तर माथि उकास्न कृषि क्रान्ति गर्नु अपरिहार्य छ । नुवाकोट जिल्लालाई नेपाल–चीन–भारतको व्यापारिक नाकाको रुपमा विकसित गरी आर्थिक अवसरहरु बढाउन उहाँको सोच अनुसार कार्य अघि बढेको जानकारी दिनु भएको छ।
यसअतिरिक्त रोजगारी सिर्जना र आय वृद्धिका अवसरहरु सिर्जना गर्ने र ग्रामीण क्षेत्रको जीवनस्तर माथि उठाउने चुनौतीपूर्ण कार्य पूरा गर्न स्पष्ट दृष्टिकोण भएको अनुभवी र विकासमूखी नेतृत्वको खाँचो छ । त्यसैले नुवाकोटको सर्वाङ्गिण विकास लागि डा रामशरण महत जस्ता स्पष्ट दृष्टिकोण भएका नेतालाई नै आफ्नो प्रतिनिधि बनाई राष्ट्रिय नेतृत्वमा पु¥याउन आवश्यक रहेको नेपाली कांग्रेसको साबिक क्षेत्र न २ का सचिब एबम नेपाली कांग्रेस नुवाकोटका युवा तथा प्रभाबशली नेता रामजी पौड्यालले हमिलाइ बताउनु भयों l

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: