उच्च कोलेस्ट्राेलबाट यसरी बचौँ :


डा मनाेज कुमार थापा, प्राकृतिक चिकित्सक

कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो । जुन शरीरका प्रत्येक कोषहरुमा पाउन सकिन्छ । यो शरीरका लागि आवश्यक तत्व पनि हो । तर सामान्य मात्रा भन्दा बढी भएमा यसले शरीरलाई हानि पुर्याउँछ ।

के गर्छ कोलेस्ट्रोलले ?

शरीरमा नियमित कार्य गर्नको लागि कोलेस्ट्रोेल बन्नु जरुरी हुन्छ । यो मुख्य रुपमा कलेजोमा उत्पादन भई सम्पूर्ण शरिरमा प्रवाह हुन्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रामा असन्तुलन हुन जान्छ । तब शरीरमा अनेकौँ रोग उत्पन्न हुन्छन् । कलेजो रोगी हुने, उच्च रक्तचाप हुने, पाचन प्रणाली बिग्रिने, मुटुको रोग, हृदयघात, स्ट्रोक आदिबाट पीडित मानिसको रगतमा उच्च कोलेस्ट्रोल भएमा हृदयघातको सम्भावना तीव्र हुन्छ । कोलेस्ट्रोलले मुख्य रुपमा भेन, मसल्सको सुरक्षा गर्न, हर्मोन बनाउन, भिटामिन डी निमार्ण गर्न तथा फुडलाई पचाउन पनि मद्दत गर्दछ ।

 कोलेस्ट्रोलका प्रकारहरु

कोलेस्ट्रोल दुई प्रकारका हुन्छन् 

) लो डेन्सिटी लिपोप्रोटीन (एल.डि.एल) 

यसलाई खराब कोलेस्ट्रोल पनि भनिन्छ । यसले धमनीमा क्लट जमाई दिन्छ, अनि रक्त प्रवाहमा अवरोध भई स्ट्रोक तथा हार्ट अट्याकको खतरा बढाउँछ ।

ख) हाई डेन्सिटी लिपोप्रोटिन (एच.डि.एल) 

यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्दछ । कोरोनरी हार्ट डिजिज तथा स्ट्रोकलाई नियन्त्रण गर्दछ । कोरोनरी हार्ट डिजिज, स्ट्रोक, हार्ट अट्याक जस्ता रोग हुनबाट बचाउँछ । रक्तनलीमा ब्लकेज हुनबाट रोक्दछ ।

खराब कोलेस्ट्रोल बन्नुका कारणहरू

बढ्दो शहरीकरण, औद्योगिकरण, अप्राकृतिक खानपान, मानसिक तनाव, जीवनशैलीमा परिवर्तन, एज फ्याक्टर, शारीरिक श्रमको अभाव, व्यायामको कमी, गरिष्ट भोजन खराब तेलको ज्यादा प्रयोग, जङफुड, बंशानुगत, मोटोपना, आलस्य जीवन, धुम्रपान आदिलाइृ प्रमुख मान्न सकिन्छ ।

कोलेस्ट्रोल बढेकाे थाहा पाउने लक्षणहरू

कोलेस्ट्रोल बढेको लक्षण शुरुमा भन्न नसकेतापनि उच्च रक्क्तचाप भएर वा छातीमा दुखाई भएर जब हामी जँचाउन जब जान्छौँ, तब ब्लड टेष्ट गरेपछि थाहा लाग्ने कुरा हो । हिँडडुल गर्दा, भर्याङ चढ्दा, सामान्य परिश्रम गर्दा पनि थाकेको महसुस हुन्छ । रक्तचाप उच्च हुन्छ, छिटो थकाई लाग्छ, आँखामा सेतो दाग देखिन्छ । खुट्टा गल्न थाल्छ, खुट्टा दुख्ने र सुन्निने पनि हुन्छ । चक्कर लाग्ने, टाउको भारी हुने, आलस्यता आउने लगायत हुने गर्दछ । जोखिममा पर्ने वर्ग उच्च रक्तचाप भएका मांसाहारी व्यक्तिमोटो व्यक्ति धुम्रपान गर्ने व्यक्ति मधुमेहका रोगी दीर्घ रोग भएका व्यक्ति मुटु रोगी रोकथामका उपायहरु धुम्रपान र मद्यपान परित्याग व्यायाममा जोड सन्तुलित आराम, विश्राम शाकाहारी भोजन सेवनविहान वा साँझ घुमफिर ३० वर्षको उमेर पश्चात् नियमित परीक्षण मोटोपना (तौल) घटाउने चिल्लो तथा प्रोटीनको परित्याग सहि समयमा भोजन गर्ने बानी

कोलेस्ट्रोल घटाउने प्राकृतिक उपचार विधिहरु

१) आहार चिकित्सा

 के खाने ?

क.खाना पकाउँदा तेल कम प्रयोग गर्ने । पकाउने क्रममा कोलेस्ट्रोलको हिसाबले सूर्य मुखी तेल र भटमासको तेल राम्रो भनिन्छ ।

ख.सकेसम्म शून्य तेलमा पकाएको तरकारी खानु उचित हुन्छ ।

ग.हरियो सागपात फलफुल, सलाद बढी मात्रामा खानु पर्दछ ।

घ. चना र मुंगको गेडालाई अंकुरित गरी काँचै वा उसिनेर वा उमालेर खानुपर्छ ।

ङ. गहुँको चोकर सहितको रोटी, मकै, गहुँ, जौँको च्याख्ला, तर निकालेको दूध, उच्च फाइबर भएको खानेकुरा लगायत खानाले खराब कोलेस्ट्रोल घट्ने र असल कोलेस्ट्रोल चाहिँ बढ्ने हुन्छ ।

के नखाने ?

क. रातो मासु, कलेजो, मिर्गाैला, भुँडी, फोक्सो, गिदी, अण्डाको पहेंलो भाग नखाने ।

ख. चिज, पनिर, घ्यू, खराब तेल नखाने ।

ग. चिल्लो बढी भएको खानेकुरा, नून, सेतो चिनी, मैदाबाट बनेका खानेकुरा जंक फुड आदि नखाने ।

एक्यूपंचर-एक्यूप्रेशर

एल.आई–११ एल.आई–४, सि.भी–१२, एस.टी–४०, एस.टी–३६ एस.पी–६, यू.बि–१८ जस्ता विन्दुहरुमा इलेक्ट्रो एक्यूपंचर वा एक्यूप्रेशरको प्रयोग गर्ने हो भने कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ । योग हास्य योग, कपालभाती, अनुलोमविलोम सूर्यमुद्रा, चक्रासन, शलभासन, अर्धमत्स्यन्द्रासन आदि योग नियमित प्रयोग उपयुक्त मानिन्छ ।

घरेलु उपायहरू

क) अमलाको जूस र घ्यूकुमारीको जूस १ गिलास पानीमा मिसाएर पिउने ।

ख) काँचो लसुन १ बिजुला (पोटी) खाली पेटमा चपाएर खाने ।

ग) गाजर र पालङ्गोको सागलाई पानीमा उमालेर खाने ।

घ) दुई चम्चा सुकेको धनियाँको गेडालाई १ गिलास बराबरको पानीमा उमालेर दिनको २ पटक बिहान–साझँ पिउने ।

ङ) लौकाको जूसमा बाँबरी वा तुलसीको पात राखेर खाने ।

च) साथै ओमेगा–३ फ्याटी एसिड पनि खान सकिन्छ ।

 

(लेखक  थापा सातदाेबाटाे स्थित स्केभिन नेचर केयर हस्पिटल सञ्चालन गर्दै अाउनुभएकाे छ ।)

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: