नेपालका पेन्ट उद्योगहरुमा घातक रसायन लेडको प्रयोग : एक तथ्याङ्क


राम चरित्र शाह

विश्व स्वास्थ्य संगठनले लेड (सिसा) लाई विश्वव्यापी रुपमा जनस्वास्थ्यलाई असर पुर्याउने प्रमूख १० रसायनहरु मध्ये एक प्रमूख घातक रसायनको रुपमा पहिचान गरेको छ भने मानव शरीरमा लेडको कुनै सुरक्षित मात्रा हुँदैन भने तथ्य पनि स्थापित गरेको छ । लेडले मानिसको र खासगरी बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा असर पुर्याउँदछ । लेडको सम्पर्कबाट हुने दिर्घकालिन स्वास्थ्य सम्बन्धि समस्याहरुले बर्षेनी ८,००,००० मानिसको मृत्यु हुने गरेको छ । लेडको सम्पर्कबाट नेपाल लगायत विश्वका निम्न तथा मध्यम आय भएका देशहरुमा हरेक बर्ष करीव ९७७ विलियन डलर बराबरको क्षति भइरहेको छ । विश्वव्यापी रुपमा हुने वौद्धिक अशक्तता (Idiopathic intellectual disability) मध्ये लेडको सम्पर्कबाट नै ९.३ % हुने गरेको तथ्याङ्क छ । विश्वव्यापी रुपमा हुने मुटु सम्बन्धि रोग (Ischaemic heart disease_) मध्ये लेडको सम्पर्कबाट मात्र ४.०% हुने गर्दछन् । विश्वव्यापी रुपमा हुने हृदयघात (stroke) मध्ये लेडको सम्पर्कबाट मात्र ६.६% हुने गर्दछन् भने नेपालमा लेडको सम्पर्कबाट पाँच वर्ष मुनीका बालबालिकामा हुने असरबाट बर्षेनी नेपाली रुपैयाँ १ खर्ब ५३ अर्बको बराबरको आर्थिक क्षति भइरहेको अनुमान गरिएको छ । जुन हाम्रो कुल ग्राहस्थ उत्पादनको ४ % हुने आँकलन गरीएको अध्ययनले देखाएको छ (स्रोत  New York University, 2013।)

जसबाट करीव ५८,००० पुर्ण रुपले सुविधा सम्पन्न कक्षा कोठा बनाउन सकिने रकम बराबर हो । तसर्थ बालबालिका लगायत आम जनताको स्वास्थ्य तथा वातावरण संरक्षण गर्न लेडयूक्त पेन्ट उन्मूलनका लागि पेन्टमा लेड सम्बन्धी सरकारी मापदण्ड प्रभावकारी कार्यान्वयन भइहेको छ तर अझै बढी प्रभावकारी बनाउँदै लैजानुपर्ने भर्खरै गरीएको एक अध्यनबाट देखिन आएको छ ।

 

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (CEPHED) र लिडर्स नेपाल द्वारा विश्व स्वास्थ्य संगठन नेपाल स्थित कार्यालयको सहयोगमा काठमाण्डौं उपत्यका लगायन पस्चिम नेपालका केही बजारबाट संकलन गरिएका १८ पेन्ट्स उद्योगहरुको ३७ वटा रङ्गहरुको नमूनामा नेपाल सरकारको मान्यता प्राप्त NESS Pvt. Ltd. प्रयोगशालामा AAS (Atomic Absorption Spectroscopy) विधिबाट गरिएको अध्ययन अनुसार नेपालमा उत्पादन, आयात तथा विक्री वितरण हुने ५९.४६ प्रतिशत रङ्गहरुमा लेडको मात्रा नेपाल सरकारले तोकेको मापदण्ड ९० पि.पि.एम.को मात्रालाई पालना गरेको पाईएको छ । जुन अघिल्लो वर्ष २०७३ को भन्दा झन्डै दुई गुणाले बढी पालना भएको देखीएको छ । जुन कुरा आम जनस्वास्थ्य, बालबालिकाको स्वास्थ्य र वातावरणको लागी सुखद समाचार हो । तथापी मापदण्डलाई अझ बढी प्रभावकारी बनाउँदै लैजानुपर्ने समेत तथ्याङ्कले देखाउँदछ ।

अध्ययनमा समावेश गरीएका १८ पेन्ट कम्पनीहरु मध्ये ८ ओटा पेन्ट उद्योगहरु जस्तै Indigo, Berger, Yeti, Reliance, Shalimar India, Kansai Nepal Paint, Indian Paints, American Paints The Anderson का पेन्टहरु नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालयले तोकको पेन्टमा लेडको मापदण्ड ९० पि.पि.एम. सम्म लाई पुर्ण रुपमा पालना गरेको पाईएको छ भने ७ ओटा पेन्ट उद्योगहरु जस्तै Gauri Shankar, Jasmin, Jenis, Apolo, Artee, G7, American Paint Industry का पेन्टहरुमा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा धेरै गुणा बढी सम्म लेड पाईएको छ । सबैभन्दा बढी ५०,३४७.२२ पि.पि.एम. सम्म लेडको मात्रा पाइएको छ जुन मापदण्डको झन्डै ५६० गुणा बढी हुन आउँछ । सोही अध्ययनमा समावेश गरीएका अर्का ३ पेन्ट उद्योगहरु Asian Paints, Pashupati Paints and Nepal Paint Industry का कम्तिमा कुनै एक नमूनामा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी लेड पाईएको छ । मापदन्ड अनुसार हरेक बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षा सम्बन्धी सावधानीमूलक सन्देश समेत लेख्नुपर्ने व्यवस्था हरेक पेन्ट उद्योगले उल्लङ्घन गरेको पाईएको छ । पुराना लेडयूक्त पेन्टहरु अझै बजारमा विक्रिवितरण भइरहेको समेत पाइएको छ । जुन कुरा दुखद पक्ष हो ।

अर्को अध्ययनहरु अनुसार राजधानी सहर काठमाडौं उपत्यका र औद्योगिक सहर विरगञ्जका स्कूल जाने उमेरका अधिकांश बालबालिकाहरुको रगतमा लेडको मात्रा ५ µg/dL भन्दा बढी पाइएको थियो जुन बालवालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा अवरोध पुर्याउन सक्नुको साथै यसबाट जिन्दगीभरीको आर्थिक उन्नती गर्ने क्षमतामा नै ह्रास ल्याउँदछ भन्ने कुरा सम्बन्धित तथ्याङ्कको रहेको छ ।
विद्यालयभित्रको धुलोमा अत्यधिक लेड, खेलौनमा लेड एवं बालबालिकाको रगतमा समेत यति धेरै खतरनाक मात्रामा लेड भेटिनुबाट पेन्टमा लेडको मापदण्डको अझै प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बुझ्न सकिन्छ । यसको प्रभावकारी कार्यान्वयनको लागि सबै आम सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुले आफ्नो स्थानबाट व्यापक आम जनचेतना जगाउन अावश्यक छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: