संगम शेर्पा टानको चुनावमा महासचिवको निम्ति उम्मेद्वार दिँदै

  • शेर्पाले किन दिँदैछन् उम्मेदवारी ?

  • यही अक्टोवरको २९ तारिखमा हुन लागेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को चुनावको कारण अहिले पर्यटन क्षेत्रमा नयाँ चहलपहल शुरु भएको छ । विभिन्न व्यक्तिहरु निर्वाचनमा आफूलाई अगाडि सारिरहेका छन् । यसै परिस्थितिमा महासचिव पदको निम्ति जागरुक युवा उद्यमी संगम शेर्पाले पनि उम्मेद्वारी दिने भएका छन् ।
    नेपालमा २३ बर्ष देखि पर्यटनको क्षेत्रमा काम गर्दै आएका शेर्पा दिगो पर्यटन विकासको निम्ति निरन्तर रुपमा लागिरहने व्यक्ति हुन् । अहिलेको कार्यसमितिमा सदस्यको रुपमा रहेर उनले निर्वाह गरेको भूमीका समेत निकै प्रभावकारी रहेको छ । समान हैसियतमा अन्य सदस्यहरुलाई दिइएको भूमीका र शेर्पालाई दिइएको भूमीका समान रहँदा पनि शेर्पाले समग्र पर्यटन क्षेत्रलाई माथि उठाउनको निम्ति महत्वपूर्ण भूमीका निर्वाह गरेका कारण आगामी दिनमा टानको अलावा समग्र पर्यटन क्षेत्रको संस्थागत विकासको निम्ति पनि शेर्पाको भूमीका महत्वपूर्ण हुने आशा गरिएको छ ।

    को हुन् संगम शेर्पा ?

    प्राङ्गारिक कृषिको माध्यमबाट नेपालमा पर्यटन प्रवद्धनको निम्ति विशेष पहल गर्न सकिन्छ भन्ने मान्यताले लामो समय विदेशमा बसेर नेपालमा फर्केका शेर्पाले ११ बर्षदेखि हिमालयन लेजेण्ड ट्रेक्स सन्चालन गर्दै अाएका छन् भने ६ बर्ष देखि कपन स्थित ‘कपन फार्म हाउस रिसोर्ट’ सञ्चालन गर्दै आएका छन् ।  प्राङ्गारिक मञ्च नेपालका सचिव समेत रहेका शेर्पा आगामी दिनमा नेपाललाई सम्पन्न बनाउनको निम्ति गुणस्तरीय पर्यटनमा जोड दिनुपर्ने भन्दै सोही बमोजिम निरन्तर खटिइरहेका छन् । अमेरिका, युरोप, चीन, तिब्बल, भारत लगायतका विभिन्न देशहरुको पर्यटन क्षेत्रलाई समेत नजिकबाट नियालेका शेर्पा जलवायु परिवर्तन र यसबाट पर्न जाने दीर्घकालिन असरलाई समेत नजिकबाट बुझेका व्यक्ति हुन् ।
    भुटानमा जसरी पर्यटन क्षेत्र निकै राम्रो तवरले अघी बढेको छ, नेपालमा पनि त्यसरी नै पर्यटन क्षेत्रलाई अघी बढाउनको निम्ति आगामी दिनमा प्राङ्गारिक कृषि पर्यटनलाई नयाँ र राम्रो सम्भावना भएको प्रडक्टको रुपमा अघी बढाउनुपर्छ भन्ने मान्यताले केही बर्ष पहिले शुरु भएको शेर्पाको कृषि क्षेत्र अहिले पर्यटक आकर्षणको नयाँ क्षेत्र समेत बनिरहेको छ । साथै उत्पादित वस्तुहरु भाटभटेनी लगायतका सुपरमार्केटमा विक्री भइरहेका छन् ।

     

    शेर्पाको नेतृत्व किन ?

    पर्यटन प्रवद्धनको निम्ति राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव समेटेका शेर्पा लगायतका जागरुक, दूरगामी सोच र जिम्मेवारीको वहन गर्न सक्ने व्यक्तिको नेतृत्व नितान्त आवश्यक छ । आवश्यकता र औचित्यताको आधारमा सबै व्यक्तिलाई समान हैसियतले व्यवहार गर्ने शेर्पाको नेतृत्वले सबै पर्यटन व्यवसायीहरुलाई न्याय गर्नेछ । राजनीतिक गुटबन्दी र पर्यटनको राम्रो ज्ञान नभएका व्यक्तिहरु नेतृत्व तहमा पुग्दा त्यसले संस्थालाई नै धराशयी बनाउने सम्भावना समेत रहने भएको कारण व्यक्तिगत तथा संस्थागत दुवै तवरले विशेष जागरुक व्यक्तिलाई नेतृत्व तहमा पु¥याउनु अहिलेको आवश्यकता बनेको छ । जस मध्ये नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन तल्लीन र कुशल क्षमतावान् शेर्पाको महासचिव पदको उम्मेद्वारीले पर्यटन क्षेत्रलाई नयाँ तवरले अघी बढाउने आशा गर्न सकिन्छ ।

     

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: