रामराजा श्रेष्ठलाई पर्यटन सचिवबाट नेपाली झण्डा हस्तान्तरण


नेपाल खाद्य बैंक लिमिटेडका अध्यक्ष रामराजा श्रेष्ठ नेपालको पहिचान सहित नाइजेरियामा हुन लागेको वल्र्ड आइकन अफ पिस अवार्डको निम्ति प्रस्थान गर्न लागेको अवसरमा ऊहाँलाई विभिन्न संस्थाहरुले नेपालको पहिचान सहित नाइजेरिजा जानको निम्ति विभिन्न वस्तुहरु प्रायोजन  तथा उपहार प्रदान गर्ने क्रम बढेकाे छ ।

भर्खर मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले रामराजा श्रेष्ठलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका छन् । झण्डा हस्तान्तरण गर्दै उनले  नेपालको पहिचान विश्वभर फैलाउने काममा सफलता प्राप्त होस् भन्दै शुभकामना समेत दिनुभएको छ । साथै श्रेष्ठले नेपालको पहिचान र सम्भावना बारे विश्वबजारमा पुर्याउने काममा सक्रियतापूर्वक लागेकोमा आफू आभार भएको र आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगको निम्ति तयार रहेको समेत बताउनुभएको छ ।
हाल नाइजेरिया जान लाग्नुभएका श्रेष्ठलाई पूर्व मन्त्री लालबाबु पण्डित, पिस सेक्युरिटी काउन्सिलका निर्देशक डिल बहादुर डाँगी, बग्गि एण्ड हर्स राइडर्सका प्रमुख कार्यकारी अधिकृत शान्त सर्मा लगायतका व्यक्तिहरुको सहयोग प्राप्त भएको छ । सचिवबाट झण्डा प्राप्त गरेपश्चात् श्रेष्ठले छोटो प्रतिक्रिया दिँदै भने, ‘म प्रति अहिले विभिन्न क्षेत्रका व्यक्तिहरुले जुन विश्वासको साथ सहयोग गर्नुभएको छ, यसले म मा थप जिम्मेवारी थपिएको

छ । यसकारण थप जिम्मेवारीपूर्वक आगामी यात्रा अघी बढाउनेछु ।’
स्मरण रहोस्, यही अक्टोवर २२, २३ र २४ तारिखमा वल्र्ड आइकन अफ पिस अवार्डबाट श्रेष्ठ नाइजेरियामा सम्मानित हुँदैछन् । उक्त अवार्ड यही अक्टोवरको २२, २३ र २४ तारिखमा हुन लागेको छ ।  अवार्डको नाम ओसन युथ फर पिस । पिस जुङ अवार्ड २०१७ राखिएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: