संशोधन प्रस्ताव थाती राखेर स्थानीय चुनाव घोषणा गर्ने प्रधानमन्त्री योजना

संशोधन प्रस्ताव थाती राखेर स्थानीय चुनाव घोषणा गर्ने प्रधानमन्त्री योजना


  • सेतो घर
  • आइतवार, मंसिर १९, २०७३
  • 15815
    SHARES

काठमाडौं: संशोधन प्रस्ताव पारित गर्न मधेसी मोर्चाको सहमतिका लागि प्रयास गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव थाती राखेर स्थानीय चुनाव घोषणा गर्ने वैकल्पिक योजना बनाएका छन् । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्न प्रस्ताव गरेपछि त्यस क्षेत्रमा भइरहेको आन्दोलन, आन्दोलनमा सत्तारूढ दलका नेताकार्यकर्ताको सहभागिता, प्रमुख प्रतिपक्षी दल एमालेले सदन र सडकमा चर्काएको आन्दोलन, आन्दोलनमा आफ्नै पार्टी नेता टोपबहादुर रायमाझीको सहभागिता, मधेस केन्द्रित दलका नेताको असन्तुष्टिपछि प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव थाती राखेर चुनाव घोषणा गर्ने वैकल्पिक योजना बनाएका हुन् ।

संशोधनका पक्षमा सहमति जुटाउन अधिकतम पहल गर्ने, त्यति गर्दा पनि सहमति नजुटेमा संशोधनलाई थाती राखेर चुनाव घोषणा गर्ने योजना प्रधानमन्त्री दाहालले बनाएका हुन् । जनमत संशोधनको पक्ष र विपक्षमा विभाजित भएपछि दाहालले वैकल्पिक योजना अगाडि सार्न खोजेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology