लिभरपुलले आर्सनललाई पछि पार्‍यो


काठमाडौं । लिभरपुल आर्सनललाई पछि पार्दै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा मिडल्सबर्गलाई ३–० ले हराएको लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा एडम लालनले दुई तथा डिभोक ओरिजीले एक गोल गरे । २९ औं मिनेटमा लालनले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले १–० को अग्रता लिए । ६० औं मिनेटमा ओरिजीले गोल गरेपछि लिभपुलको अग्रता दोब्बर भयो । ६८ औं मिनेटमा लालनले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए ।

जितपछि लिभरपुलको १६ खेलबाट ३४ अंक भएको छ । समान ३४ अंक नै भएपनि आर्सनल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । १५ अंकसहित मिडल्सबर्ग १७ औं स्थानमा छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: