रोनाल्डोलाई फाप्यो वर्ष-२०१६


काठमाडौं । म्याड्रिडका पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डोका लागि वर्ष २०१६ उत्कृष्ट सावित भएको छ। रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियल मड्रिडले जापानको काशिमा एन्तोराजलाई हराएर क्लब विश्वकपको उपाधि जितेसँगै रोनाल्डोले च्याम्पियनस् लिग, युरो २०१६ जस्ता महत्वपूर्ण उपाधि भित्र्याइसकेका छन्।

रोनाल्डोले यो वर्ष रियल मड्रिडलाई क्लब विश्वकपसँगै च्याम्पियन्स लिगको उपाधि दिलाएका हुन् । यस्तै उनले पोर्चुगललाई युरोकप २०१६ को उपाधि पनि दिलाए।

रोनाल्डोले गएको हप्ता चौथो बालोन डी’ओर अवार्डसमेत जितेका थिए। ३१ वर्षिया रोनाल्डोले क्लब विश्वकपको उपाधि जितेपछि भने ‘वर्षको विदाइका लागि हामी यो ट्रफी मनैदेखि चाहन्थ्यौं, त्यो पूरा पनि भयो। मैले फाइनलमा तीन गोल गर्छु भन्ने लागेको थिएन । तर त्यो सम्भव भयो, रियल मड्रिडलाई उपाधि जिताउन माध्यम बन्न पाएँ ।’ ह्याट्रिक गरिसकेपछि उनले भने।

टिमको सहयोग बिना आफूले कुनै पनि व्यक्तिग उपाधि जित्न नसक्ने भएकाले व्यक्तिगत तथा क्लब सबै उपाधिका लागि टिमका सबै साथीप्रति आभारी रहेको रोनाल्डोले बताए । उनले भने ‘हामीले च्याम्पियन्स लिग तथा युइएफए सुपर कप जित्यौं । अहिले आएर क्लब विश्वकप पनि । मैले पोर्चुगलका लागि युरोकप पनि जितेँ । यो वर्ष मेरो उत्कृष्ट वर्ष रह्यो । म निकै खुशी छु ।’

रोनाल्डोले यो सिजन ला लिगासहित सबै प्रतियोगितामा गरेर २२ खेलमा १६ गोल गरेका छन् । यो सँगै सामाजिक सञ्जालमा छाएका रोनाल्डोको चर्का एकाएक चुलिएको छ।

फेसबुक र इन्ट्राग्राममा सर्वाधिक फलोअर्स पाएका रोनाल्डका अहिलेसम्म ११ करोड ८४ लाख ७८ हजार ६ सय ८९ जनाले लाइक गरेका छन् भने इन्ट्राग्राममा ८ करोड ४८ लाख ६२ हजारभन्दा बढीले फलो गरेका छन्।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: