रोनाल्डोलाई चौथो पटक बालोन डि ओर


काठमाडौँ । रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले चौँथो पटक बालोन डि ओरको उपाधि जितेका छन् । सोमबार जुरिचमा सम्पन्न समारोहबीच उनलाई वर्षको उत्कृष्ट फुटबल खेलाडी घोषित गरिएको हो ।
३१ वर्षीय रोनाल्डो  बार्सिलोनाका लियोनेल मेस्सीभन्दा एकले मात्र पछि परेका छन् । मेस्सीले यो उपाधि ५ पटक जितेका छन् | रोनाल्डोले सन् २००८, २०१३, २०१४ र २०१६ मा यो उपाधि जित्न सफल भएका छन् ।
रोनाल्डोले रियललाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने उनको कप्तानीमा पोर्चुगलले युरो २०१६ को उपाधि उचालेको थियो ।

रोनाल्डोले भने, ‘मैले कहिले पनि चौँथो पटक यो उपाधि जित्छु भन्ने सोचेको थिइँन । म निकै गर्वान्वित र खुसी छु ।’
विश्वभरका १७३ पत्रकारहरुले चयन गर्ने यो उपाधिमा एन्टोनी ग्रिजमान तेस्रो भए ।
यो उपाधि सन् १९५६ देखि दिइँदै आएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: