रणनीतिक सडक स्तरोन्नतीको लागि एडिबीको १८७ मिलियन डलर ऋण सहयोग


काठमाडौं । एशियाली विकास बैंकले नेपालको रणनीतिक सडक स्तरोन्नती गर्नको लागि १८७ दशमलव ८ मिलियन अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ । उक्त सहयोग नारायणघाट देखि बुटवलसम्मको १ सय १५ किमी र भैरहवादेखि तौलिहवासम्मको ४५ किमी गरी कुल १ सय ६० किलोमिटर सडक स्तरोन्नतीको लागि खर्च गरिनेछ ।

आयोजनाको कुल लागत भने २५६ दशमलव ५० मिलियन अमेरिकी डलर रहेको छ । बाकी ६९ दशमलव ७० मिलियन अमेरिकी डलर नेपाल सरकारले योगदान गर्नेछ । आयोजना २०२२ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बैंकले सहयोग रकमबाट नेपालको स्थानीय र क्षेत्रीय यातायात आवद्धता बढाउने सहयोग पुग्ने विश्वास गरेको छ । ‘यस सहयोगद्धारा सञ्चालन हुने आयोजनाले नेपालभित्र र बाहिर जोड्ने यातायात सुविधामा सहजता ल्याउनेछ’ बैंकका दक्षिण एशियाली क्षेत्रीय विभागका वरिष्ठ यातायात विज्ञ ली मिङ ताइले भने ।

ऋण सहयोगबाट स्तरोन्नती हुने सडकले ६ लाख ७३ हजार मानिसलाई सेवा पुग्नेछ भने विद्यालय, अस्पताल पुग्न सहज हुनेछ । त्यस्तै स्थानीय उत्पादनले बजार पाउने बैंकको विश्वास छ । यसबाहेक सडकको स्तरोन्नतीपछि उक्त क्षेत्रमा हुने बाढी नियन्त्रण गर्न सहयोग पुग्नेछ । यस आयोजनामा पा“च वर्षे नतिजामा आधारित मर्मतको व्यवस्था गरिएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: