मुख्य सचिव नै लुकाउँछन् फाइल , यी सचिवको त के कुरा !


काठमाडौँ । सरकारलाई असहयोग गर्ने अर्को महत्वपूर्ण निकाय हो अर्थ मन्त्रालय । सो मन्त्रालयका सचिव राजन खनाल सरकारलाई जसरी भएपनि असफल बनाउने योजनाअन्तर्गत नै चल्ने गरेका छन् । एमाले भित्र मारवाडीका उपनाम पाएका विष्णु पौडेलका विश्वासपात्र खनालले सरकारलाई असफल पार्न आर्थिक सूचना लुकाउने, व्यापारी तथा व्यवसायीको मात्र हितमा काम गर्ने गरेका छन् ।
भारतीय नोटबन्दीको मार मुलुकमा परेपनि खनालले त्यसको कुनै प्रभाव नपरेको भन्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई गलत रिपोटिङ गर्ने गरेका छन् । ऊर्जा मन्त्रालयका महत्वपूर्ण प्रस्ताव लुकाउनेमा खनाल नै पहिलो नम्बरमा रहेका छन् । माओवादीलाई काम गर्न दिन हुन्न भन्दै खनालले मन्त्रालयका महाशाखा प्रमुख तथा विभागिय प्रमुखलाई महत्वपूर्ण प्रस्ताव रोकेर राख्न भनेको बताइन्छ ।
अर्का सचिव शान्तराज सुवेदीलाई दोष दिएर पन्छने खनाल एमालेका खास कार्यकर्ता हुन् भन्दा फरक नपर्ने स्वयम् एमाले कार्यकर्ता नै बताउँछन् । उनले ऊर्जाको मात्रै होइन, शिक्षा, कृषि विकास मन्त्रालयका प्रस्ताव समेत रोकेर राखेका छन् । मन्त्रालयकै मधुकुमार मरासिनी पनि प्रस्ताव लुकाउने मध्येका एक हुन् । उनले विभिन्न अत्तो थापेर सरकारको महत्वपूर्ण कार्ययोजनाको प्रस्ताव लुकाएर राखेका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: