माघमा गीत गाउँदै पल र पूजा


काठमाडौं ।  निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको लभ स्टोरी चलचित्र ‘म यस्तो गीत गाउछु’को छायांकन माघबाट सुरु हुने भएको छ । माघ २१ गतेबाट चलचित्रको छायांकन गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

लभस्टोरी जनराको यो चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको जोडीलाई  पहिलो पटक सुदर्शनले पर्दामा उतार्न लागेका छन् । चलचित्रको निर्माणपक्षले सम्पूर्ण यूनिट फाइनल गरिएको जानकारी दिएको छ । निर्देशक थापाले चलचित्रका मुख्य कलाकार र प्राविधिकलाई एकै ठाउँमा राखेर चलचित्रको कथा र उनीहरुको भूमिकाको बारेमा जानकारी दिएका छन् ।

नायक पल शाहले कथावस्तु सुनेर आफू अत्यन्त उत्साहित भएको बताए । उनले भने–‘मैले कथा त पढिसकेको थिएँ । तर, निर्देशकको मुखबाट सुन्दा झनै सुन्दर लाग्यो ।’ नायिका पूजा शर्माले  पनि आफ्नो भूमिका च्यालेञ्जिङ भएपनि आफू चुनौतिका लागि तयार भएको बताइन् । सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा दिनेश न्यौपानेको पटकथा तथा संवाद रहने छ ।

चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल, अन्जु पन्त र अर्जुन पोखरलेको स्वर, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । चलचित्रका मुख्य सहायक निर्देशक बसन्त अधिकारी हुन् भने सहायक निर्देशक दिनेश खड्का हुन् । विश्व गौतमको कस्ट्यूम डिजाइन रहने चलचित्रमा नविन पौडेल प्रोडक्शन डिजाइनर, नेपाल डायरिज प्राली ब्रान्ड म्यानेजरको रुपमा रहनेछन् ।

चलचित्रमा पूजा शर्मा, पल शाहको साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी, नविन मानन्धर, करुन लामा, मोहन निरौला लगायतका कलाकारले अभिनय रहनेछ । चलचित्रको प्रदर्शन मिति आउँदो बर्षलाई तोकिएको छ । निर्देशक थापाले चलचित्रको लागि आधा बर्ष लगाएर कथा बुनिएको बताउँदै उत्कृष्ट लोकेशनमा मन छुने प्रेम कथा बनाउने बताए ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: