बाबुराममाथि पोखरामा जुत्ता प्रहार


पोखरा । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहारको प्रयास भएको छ ।

बिहीबार बिहान नयाँ शक्ति नेपाल पार्टी निकटको विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले कास्कीको पृथ्वीनारायण क्याम्पसमा नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको कार्यक्रममा कैलालीको नारायणपुर गाविसका सञ्जीव भट्टराईले डा. भट्टराईमाथि जुत्ता प्रहारको प्रयास गरेका हुन् ।

कार्यक्रममा डा.भट्टराई सम्बोधन गरिरहेका बेला सञ्जीवले जुत्ता प्रहार गरेका थिए । यद्यपी, उनले प्रहार गरेको जुत्ता मञ्चसम्म नपुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

भट्टराई सम्बोधन गरिहेका बेला पछाडि बसेका सञ्जीवले ‘बाबुराम भट्टराई मुर्दावाद’ भन्दै कालो झण्डा देखाएका थिए ।  डा.भट्टराईमाति जुत्ता प्रहारको प्रयास भएपछि नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरूले सञ्जीवलाई नियन्त्रणमा लिएर प्रहरी समक्ष बुझाएका छन् ।

सञ्जीवलाई अहिले वडा प्रहरी कार्यालय बगरमा राखिएको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: