पर्यटन क्षेत्रको राम्रो तवरले विकास हुन नसक्नुमा अन्तराष्ट्रिय विमानस्थल नै मुख्य समस्या रहेको व्यवसायीहरुको गुनासो


अहिले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्षमता भन्दा बढी मानिसहरु उत्रिइरहेका छन् । नेपालको अन्तराष्ट्रिय विमानस्थलको क्षमता अधिकतम बार्षिक ८ देखि १० लाख मानिसहरु उडाउन सक्ने रहेको छ । यद्यपि नेपालमा पर्यटकहरु यस भन्दा बढाउन र अहिलेको अहिलेको विमानस्थलको क्षमता विस्तार तथा वैकल्पिक विमानस्थल निर्माणको निम्ति भने हामीले समयमा नै ध्यान दिनुपर्ने कुरामा जोड दिन्छन् बुद्ध एयरका निर्देशक (मार्केटिङ सेल्स डिभिजन अन्तरगतka) रुपेश जोशी ।

images

जोशीका अनुसार नेपालमा हवाइ क्षेत्रको राम्रो तवरले विकास हुन सक्ने हो भने नेपालमा पर्यटन क्षेत्र निकै राम्रो तवरले फस्टाउन सक्छ । यससँगै मुलुकको कायापलट गर्नको निम्ति पनि सबैभन्दा पहिले नेपालमा हवाइ क्षेत्रको विकासको निम्ति जोड दिनुपर्छ । अहिले नेपालमा यस क्षेत्रको गुणात्मक तवरले पनि विकास हुँदै आएको छ ।

दुर्घटना ः

नेपालमा हवाइ यात्रा समेत सुरक्षित रहन नसकेको कुरालाई मध्यनजर गरेर अहिले नेपालमा दुर्घटनामा कमी ल्याउनको निम्ति नीतिगत रुपमा कडाइ गर्ने काम समेत हुँदै आएको छ । पछिल्ला दिनहरुमा दुर्घटना निकै कम मात्र हुँदै गएको अवस्थालाई हेर्दा अबका केही बर्षमा नेपालमा जहाज दुर्घटना हुने काम निकै कम मात्र हुने अनुमान गर्न सकिन्छ ।

इजाजत पत्र लिनै गाह्रो ः

अहिले जहाज चलाउनको निम्ति इजाजत पत्र लिन निकै नै गाह्रो छ । पहिले लाइसेन्स लिएको ३ दिनमा नै जहाज चलाउन पाइने व्यवस्था रहेकोमा अहिले भने निकै नै कडाइ गरिएको छ । लाइसेन्स लिइसकेपछि पनि ३÷४ महिना परिक्षणको क्रममा नै बिताउनुपर्ने अवस्था छ ।

समय समयमा पाइलटहरुको सामुहिक राजिनामा ः

समय समयमा पाइलटहरुले आफ्नो कामबाट राजीनामा दिने गरेको कुरा समाचारमा पढ्न पाइन्छ । केही महिना पहिले मात्रै नेपालमा २२ जना पाइलटले सामुहिक राजीनामा दिएको कुरा आएको थियो । नेपाल सरकार मातहतका निकायहरुले अन्य क्षेत्रमा अनुगमन र प्रमाणपत्र छानबिनलाई तीव्र बनाइरहेको उक्त समयमा दिएको राजीनामालाइ विशेष अर्थपुर्ण दृष्टिकोणबाट हेरिएको थियो ।

बन्ने क्रममा नै छन् हवाई पुर्वाधार ः

अहिले नेपालमा पोखरा, भैरहवा लगायतका ठाउँहरुमा नेपालमा अन्तराष्ट्रिय हवाइमैदानहरु पनि बन्ने क्रममा छन् । यद्यपि सबै मानिसहरु काठमाडौंमा नै आउन चाहने प्रचलन रहेको अवस्थामा भावी दिनमा काठमाडौं भन्दा बाहिर पनि पर्यटकहरुलाई राख्नको निम्ति स्तरीय होटल तथा अन्य पुर्वाधारहरु निर्माण गर्ने काम कसरी अघी बढ्छन्, त्यसले पनि निर्धारण गर्छ ।

को हुन रुपेस जोशी ?

नेपाल एयर अपरेटर एसोसिएसनका कोषाध्यक्ष समेत रहेका जोसी हाल बुद्ध एयर अन्तरगत रहेर वायु सेवा प्रदायक कम्पनीको बजार व्यवस्थापन गर्दै आएका छन् । उनी आवद्ध बुद्ध एयरले नेपालको आन्तरिक उडान अन्तरगत सुगम क्षेत्रको निम्ति करिब ६५ प्रतिशत हिस्सा ओगट्दै आएको उनको दाबी छ । अन्तराष्ट्रिय उडानको निम्ति समेत इजाजत लिएको बुद्ध एयरले बनारसमा पनि उडान गर्दै आएको छ । वीरेन्द्र बस्नेतको स्वामित्वमा सञ्चालित बुद्ध एयर नेपालको अग्रमी वायु सेवा प्रदायक कम्पनी मानिन्छ । उनै जोसी नेपालमा दुर्घटना बढ्नुमा नीतिगत कमजोरी पनि मुख्य समस्याको रुपमा रहेको र समयानुकुल पुर्वाधार र प्रविधिमा अघी बढ्न नसकेको उनको धारणा छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: