डिफेन्डिङ च्याम्पियन लेस्टर रेलिगेसनतर्फ, १४ वर्षपछि सन्डरल्यान्डले हरायो


काठमाडौं । गत सिजन अप्रत्यासित रूपमा इङ्लिस प्रिमियर लिगको उपाधि जितेको लेस्टर सिटी यसपालि रेलिगेसनतर्फ धकेलिएको छ। आइतबार राती सन्डरल्यान्डविरूद्धको खेल २–१ गोलले गुमाउन पुगेपछि लेस्टर सिटी संकटमा परेको हो। सन्डरल्यान्डले १४ वर्षपछि लेस्टरलाई पराजित गरेको हो। सन् २००२ मा अन्तिम पल्ट पराजित गर्दा अन्तिम स्कोर पनि २–१ नै थियो

लेस्टरको १४ खेलमा यो सातौ पराजय हो। क्लाउडियो रेनारीको टोली अंक तालिकामा १३ अंक मात्र जोड्दै रेलिगेसन जोनमा रहेका तीन क्लबभन्दा २ अंकले मात्र माथि छ। गत सिजन क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेका एन’गोलो कान्टेलाई चेल्सीमा बेचेपछि लेस्टर संकटमा देखिदै आइरहेको छ।

शनिवारको खेलमा पनि उनको अनुपस्थिति क्लबलाई खड्किएको थियो। ६४ मिनेटमा रोबर्ट हुथले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लेस्टर संकटमा देखियो। दोस्रो गोल ७७ मिनेटमा जेरेमिन डियोफले गरे।

जापानका सिन्जी ओकाजाकी अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेपछि लेस्टरले ८० मिनेटमा एक गोल फर्काउन सफल भएको हो। रेलिगेसन जोनमा रहेको सन्डरल्यान्डले आइतबारको खेलमा तीन अंक जुटाएपछि लेस्टरसँगको दुरीलाई २ अंकमा छोट्याएको छ। सन्डरल्यान्डले १४ खेलमा ११ अंक मात्र जोडेको छ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: