जिदानका छोराले गरे डेब्यूमै गोल, रियल मड्रिड अन्तिम १६ मा


काठमाडौं । जिनेदान जिदानका छोरा इन्जोले रियल मड्रिडको डेब्यू खेलमा नै गोल गरेका छन् ।

स्पेसिन कोपा डेल रेको अन्तिम ३२ मा तेस्रो श्रेणीको क्लब कल्चरल लिओनेसोविरुद्ध खेल्दा इन्जोले रियल मड्रिडबाट डेब्यू गरे । र, १८ औं मिनेटमा गोल पनि गरेका छन् ।

खेलमा रियल मड्रिड ६–१ ले विजयी भएको छ । र, समग्रमा १३–२ को जितका साथ अन्तिम १६ मा पुगेको छ । इन्जो जिदानका जेठा छोरा हुन् । र, सिनियर टिमबाट डेब्यू गर्नु अघि उनले ५० भन्दा बढी खेल खेलिसकेका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: