जब फुटबल मैदान नै युद्धमा परिणत भयो


काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको चेल्सीसँगको खेलमा आफ्ना खेलाडीले गरेको विवादप्रति माफि मागेका छन् ।

खेलको इन्जुरी समयमा भएको विवादका कारण सिटीका सर्जियो अग्युरो र फर्नानडिन्हो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । आत्मघाती गोलबाट पाएको अग्रता जोगाउन नसकेर हारको नजिक पुगेको सिटीको निराशा खेलको इन्जुरी समयमा विवादमा परिणत भयो । चेल्सीका डिफेन्डर डेविड लुइजसँगको अभद्र ट्याकलका कारण अग्युरोले रातो कार्ड पाए । त्यसलगतै सेस फाब्रिगासको घाँटी समातेका फर्नानडिन्हो पनि रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए ।

प्रशिक्षक गार्डिवलाले माफि मागे पनि दुवै खेलाडीको भने बचाउ गरेका छन् । उनले भने ‘खेल त्यस्तो तनावपूर्ण बनेर सकियो, मलाई निकै दुःख लागेको छ, म यसका लागि माफि चाहन्छु । तर दुवै खेलाडीको नियत त्यस्तो होइन, दुवै राम्रा खेलाडी हुन् ।’

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: