चुनावमा जान देउवा, ओली र प्रचण्ड तयार


काठमाडौँ । निर्वाचनमा केन्द्रित भएर अघि बढ्न तीन दल तयार देखिएका छन्। तीन दलका शीर्ष नेताहरुको मंगलबार बिहानको बैठकमा निर्वाचनमा केन्द्रित भएर अघि बढ्ने सहमति भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।

बैठकमा संविधान संशोधन, निर्वाचनलगायत विषयमा सकारात्मक छलफल भएको छ। संशोधनमा अल्झिनुभन्दा निर्वाचनमा जानु उपयुक्त हुनेमा एमाले अध्यक्ष ओलीले जोड दिएका थिए। ओलीले संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने बताएका थिए।

दलहरुबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संचारकर्मीहरुसँग बताए। उनले संविधान संशोधन प्रस्ताव अहिले फिर्ता नहुने स्पष्ट पारे।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिए।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: