क्याप्टेनका बुवा पनि विमान दुर्घटनामै बितेको रहस्य उजागर


कोलम्बिया । विमान दुर्घटनामा ब्राजिलियन खेलाडीसँगै परेका लामिया एयरलाइन्सका क्याप्टेन मिगुइल क्युरोगाको विषयमा अर्को तथ्य उजागर भएको छ। अर्जेन्टिनाबाट प्रकाशित ‘फक्स स्पोर्ट्स’ का अनुसार ३६ वर्षे क्याप्टेन मिगुइलका बुवा ओरल्यान्डो पनि विमान चालक थिए। मिगुइल तन्नेरी अवस्थामा हुँदा उनको बुवाको विमान दुर्घटनामै निधन भएको थियो।

मिगुइलका आफन्तहरू बुवाको विमान दुर्घटनामा निधन भएको तितो यथार्तका बीच पनि उनले पाइलट बन्ने साहसिक निर्णय लिएको बताउँछन्। र, उनको पनि विमान दुर्घटनामा भएको निधनलाई नियतिको खेल भन्न रुचाउँछन्।

मिगुइल बोलिभियाका नाम चलेका विमान चालक हुन्। मिठो बोली र व्यवहारका कारण उनलाई धेरैले रुचाउँथे। उनको विवाह ब्राजिलका पूर्व सेनेटर रोजर पिन्टोको छोरीसँग भएको थियो। जसबाट तीन सन्तान छन्। ब्राजिलमा आफ्नो ससुराली भएका कारण मिगुइलले बोलिभिया र ब्राजिलको सीमा नजिकै इपिटासियोलान्डिया नयाँ घर बनाउदै थिए।

उनी परिवार र साथीभाइको खुब ध्यान राख्थे। कोलम्बिया उड्नुअघि मिगुइल खेलाडीका लागि विमानको व्यवस्थापनमा केही हेरफेर गर्न चाहन्थे। उनी विमानलाई बोलिभियाको सान्ता क्रुजबाट नभई ब्राजिलको साओ पाउलोबाट सिधै कोलम्बियाको मेडलिन विमानस्थलमा अवतरण गराउन चाहन्थे। यसका लागि उनले चापेको शहरका मेयरलाई फोनबाट अनुरोध पनि गरेका थिए। तर, दुई देशबीचको सन्धि सम्झौताको कुरा उठाउदै ब्राजिलको उड्डयन विभागले उनलाई साओ पाउलोबाट विमान उडान स्विकृति दिएको थिएन।

विमानमा विद्युतीय गडबडी र तेलको अभाव भएपछि मिगुइलले मेडलिनको विमानस्थलको टावरमा सम्पर्क स्थापित गरेर दुर्घटना टार्न प्रयास गरेका थिए। तर, उनी सफल भएनन्। उनले ९ हजार फिट माथिबाट विमान तल झर्दा हुन सक्ने सम्भावित बिस्फोटलाई टार्न इन्जिन अफ गरेको अनुमान गरिएको छ।

यही विमानमा मिगुइलको सहायक रहेकी २९ वर्षीय सिसे एरिसको पनि दुर्घटनामा निधन भएको थियो। उनी कोलम्बियाका चर्चित लेखक जर्जे एरिसकी छोरी हुन्। छोरीको निधनबाट स्तब्ध भएका जर्जेले सोसल मिडियामा एउटा सन्देश पोस्ट गरेका छन्,‘उनको कीर्तिका लागि भगवानले आफूसँग राख्ने छन्। छोरी, म तिमीलाई निकै माया गर्छु। र, सधै माया गरिरहने छु।’

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: