एशियामा इरानी तेल आयात दोब्बरभन्दा बढी


काठमाडौं । सन् २०१६ को अक्टोबर महीनामा एशियाका चार प्रमुख खरीदकर्ताको तेल आयातमा उच्च वृद्धि भएको छ । गत महीना इरानी तेलका चार प्रमुख एशियाली खरीदकर्ता चीन, भारत, दक्षिण कोरिया र जापानमा भएको तेल आयात गतवर्षको तुलनामा दोब्बरभन्दा बढी छ । सो अवधिमा इरानी तेल उत्पादकहरूले प्रतिबन्धको समयमा गुमेको बजार हिस्सा पुनः हासिल गर्न उत्पादन बढाएका कारण इरानी तेल खरीदले तीव्रता पाएको हो ।

गत महीना भारत र चीन दुवै राष्ट्रले प्रतिदिन ८० लाख ब्यारेल तेल खरीद गरेका कारण पनि एशियामा इरानी तेलको विक्री बढेको हो । गत महीना इरानी तेलका चार प्रमुख एशियाली खरीदकर्ता चीन, भारत, दक्षिण कोरिया र जापानले दैनिक १९ लाख ९० हजार ब्यारेल तेल आयात गरको थियो । यो गतवर्षको तुलनामा १ सय ४७ दशमलव ९ प्रतिशत बढी हो भने यो सन् २०१० यताकै उच्च हो ।

जापानको व्यापार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा जापानको इरानी तेल आयात गतवर्षको तुलनामा ३२ दशमलव १ प्रतिशतले बढेर प्रतिदिन २ लाख २ हजार ब्यारेलमा उक्लिएको छ । भारतको तेल आयात भने ४ गुणाभन्दा बढीले बढेर प्रतिदिन ७ लाख ८९ हजार १ सय ब्यारेल पुगेको थियो । अक्टोबरमा भारतको इरानी तेल आयात १५ वर्षयताकै उच्च हो । त्यस्तै चीनको तेल आयात गतवर्षको तुलनामा दोब्बरभन्दा बढी थियो भने दक्षिण कोरियाको इरानी तेल आयात गतवर्षको तुलनामा ७३ दशमलव २ प्रतिशतले बढेको थियो । एजेन्सी

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: