ऊ नै मेरा लागि सबथोक हो


काठमाडौं । मेरो पहिलो प्रेमका सम्बन्धमा भन्न मैले धेरै वर्षअघि जानुपर्ने हुन्छ, जब म कक्षा तीनमा पढ्थें । त्यतिबेला म काठमाडौंको सुविधानगरमा मेरिल्यान्ड स्कुलमा थिएँ, अहिले सम्भवत: त्यो स्कुलको नाम नै परिवर्तन भैसकेको छ । स्कुलमा पढ्दाको त्यो बेलालाई बालसुलभ आकर्षण वा कसैले पारेको प्रभाव भन्न सकिँदैन । त्यो प्रेम चाहिँ थिएन । त्यसैले यसलाई फस्टलभ मान्ने कि नमान्ने भन्ने कुरामा म दोधारमै छु । यद्यपि पहिलो प्रेमको प्रसंग आउँदा म त्यही समयलाई नै सम्झन्छु, त्यही बेलाका घटना सम्झन्छु ।

ऊ मेरै कक्षामा पढ्थ्यो । ऊसँग बस्दा रमाइलो लाग्थ्यो । ऊ एक दिन नआउँदा पनि मलाई कहिले भोलि हुन्छ र उसलाई देख्न पाइन्छ जस्तो हुन्थ्यो । मसँग उसको घरको नम्बर पनि थिएन, नत्र म उसलाई फोन गरेर ‘किन स्कुल नआएको ?’ भनेर सोध्थे होला । ऊ स्कुल आएन भने घर फर्केर उसैलाई सम्झिरहन्थे । ऊ बिना स्कुलमा मन नै लाग्दैन थियो । टिफिन टाइममा म उसँगै बसेर खाजा खान्थे । होमवर्क सार्दा पनि उसले मलाई निकै मद्दत गथ्र्यो । मलाई ऊसँग कुराकानी गर्न र उसको सामिप्यता निकै मन पथ्र्यो ।

रमाइलो कुरा के भने, अहिले मलाई उसको नामसम्म सम्झना छैन । सम्झन खोज्दा अनुहार पनि ठ्याक्कै ठम्याउन सक्दिनँ । सानोमा देखेको उसको त्यो मुहार अहिलेले लक्का जवान भैसकेको होला । कहीँ कतै होला । यदि मेरै अगाडि आयो भने पनि म उसलाई चिन्दिनँ । अब त उसलाई मैले चिन्नु आवश्यक पनि छैन किनभने म अहिले जसलाई प्रेम गर्छु, ऊ नै मेरा लागि सबथोक हो । उसले मलाई हरेक पाइलामा सपोर्ट गर्छ । मलाई आफ्नो काममा अघि बढ्न उत्प्रेरित गर्छ । सानोमा मेरो त्यो कक्षाको साथी मेरो प्रेम होइन, क्षणिक आकर्षण थियो । अहिले विगत चार वर्षदेखि म साँच्चैको प्रेममा छु । यही प्रेम मेरो पहिलो हो र अन्तिम पनि हो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: