सुनचाँदीको भाउ आज पनि बढ्यो


काठमाडौं । हप्ताको सुरुवातदेखि नै सुनको भाउ बढ्दै गएको छ । सुन मंगलबार १ सय रुपैयाँले बढेर तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा २ सय रुपैयाँले बढेर ५४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ भने मंगलबार तोलामा ५ रुपैयाँले घटेर ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ । डलरको भाउ बढेकाले सुनको भाउ पनि बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

मंगलबार डलर एकको सटही दर ११० रुपैयाँ २५ पैसा छ । सोमबार डलर १०९ रुपैयाँ ६६ पैसा थियो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: