वर्तमानका पन्नाहरु


अस्ति देखि आज सम्म
पत्तो छैन कहिले सम्म ?
भरीपुर्ण अभावको आँसु पिएर
मान्छेहरु मातिरहन्छ्न ।
मैले मान्छेहरुको मनभरी
हरेक साँझ बिहान हिक्का छोडेर
रोएको देखेको छु ।
यथार्थका केही बैजनी रेखाहरु,
जहाँ केही अमुर्त शहरका मान्छेहरु
ग्रीन सिग्नलको पर्खाईमा जीवनको बेचैनी साटेर
अपत्यारिलो दिनको सेकेन्ड-सेकेन्ड रेड एरियामा घस्रिइरहेछ्न ।
बनेका कुराहरु भत्किए, भत्काईए
भत्किएको पनि बन्न, बनाउनकै लागि होला ।
देशमा एउटा सरकार आउँछ,
जसले हरेक पटक अशान्तिको छिर्केमिर्के रङगमा रङ्गिएर
रंगशालामा अनौठो नाटक देखाउछ ।
म, जीवनयात्रा थेग्दै जादा
मरुभूमिको अग्लो टावर भएको देशमा छु ।
मैले परदेशमा बसेर
विश्वको मानचित्रमा
नेपाललाई धेरै पटक छामेको छु,
अझ भनौ ! यतिबेला म जस्ता लाखौ नेपालीको मन, मष्तिस्क 
सबै नेपालको वर्तमानलाई छामेको छ ।
जहाँ मान्छेहरुका उकालो लागेका सोचहरु
तराईको समथर भीरहरुमा भत्किएर
देशका विभिन्न शहरको सतहतिर लडिरहेकाछन् ।
सोचहरुको भिन्दै अखडा ! ” काठमाडाैं”
जहाँ विचारै-विचारहरुले लिपिएको हाईवेहरु
राजनीतिको गन्धहरुले सिक्सिको जिन्दगी बाँचिरहेछ्न ।
सामाजिक संजालको बेग्लै भित्ताबाट
जिन्दगीको अलिकति भागबन्डा बुझेको कुनै मानिस
जीवन भोगाईको आत्माकथा सुनाउँछ ।
विश्वासको टेको हालेर म जिन्दगीको संयोग ठान्दछु
र जीवनयात्राको अग्लो सिँढी उक्लेर वर्तमानका पन्नाहरु लेख्न सुरु गर्दछु । कि
जीवन मरुभूमिमा यस्तरी बाफिएछ जिन्दगीको बिहानबाट इभापोरेसन हुँदै जादा
मनका गराहरुमा हाम्फाल्दै देशमा सेतै फुलेका राजनीतिमा बिलाउँछ ।
रंगिन -दुनियाँ म शब्दहरुको गुलाम
मेरो मगज -मेरा कलम र मसीहरु,
जीवन मन परेको रङ्गमा चोबलेर “वर्तमानका पन्नाहरु” कोरीरहेछु ।
Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: