राष्ट्रसंघीय नियोगमा कार्यरत दुई नेपाली सुडानबाट अपहरित


१३ मंसिर, काठमाडौं । सुडानमा हतियारधारी समुहद्वारा दुई नेपालीसहित तीन जना अपहरणमा परेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) मा कार्यरत दुई नेताली र एक सुडानी नागरिक युद्धग्रस्त डार्फर क्षेत्रबाट अपहरणमा परेको समाचार संस्था एएफपीले जनाएको छ ।

उनीहरुको अवस्था अज्ञात छ । ‘पश्चिमी डार्फर राज्यको केन्द्र जेनेइनाबाट युएनएचसीआरमा कार्यरत दुई नेपाली र एक सुडानी नागरिक अपहरणमा परेका छन्, अपहरणकारीको खोजतलास भइरहेको छ’, पश्चिम डार्फर सरकारका प्रवक्ता अब्दुल्लाह अल नाबीले भनेका छन् ।

जातीय अल्पसंख्यकले राष्ट्रपति ओमार हसन बसिरको बिरुद्धमा सन् २००३ देखि थालेको शसस्त्र संघर्षपछि डार्फरमा ३ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने २५ लाख मानिस शरणार्थी बनिसकेको राष्ट्रसंघको भनाई छ ।
दक्षिण सुडानको सरकारले जानीजानी सर्वसाधारणलाई दुख दिने नीति लिएको आरोप संयुक्त राष्ट्र संघले लगाउँदै आएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: