माओवादी वैठकमा टोपबहादुरको फरक मत : म ५ नम्वर प्रदेश टुक्राउने पक्षमा छैन


काठमाडौं । माओवादी पोलिटव्यूरो वैठकमा संविधान संशोधनको विषयमा नेता नेता टोपबहादुर रायमाझीले फरक मत राखेका छन् । संशोधन प्रस्तावमा ५ नम्वर प्रदेश टुक्राउने विषय आएपछि नेता रायमाझीले फरक मत राखेका हुन् ।
पोलिटव्यूरो एक सदस्यका अनुसार रायमाझीको मत थियो
– म संविधान संशोधनको विरोधी होइन । संघीयताका विरोधी पनि होइन ।
–मात्र भनेको के हो भने ५ नम्वर प्रदेशमा सवै मिलेर बेका छन् । त्यो टुक्राउनुपर्छ भन्ने मधेशीको माग पनि होइन । मिलेर बसेको प्रदेशलाई किन चलाउने ?
–यसो गर्नु राष्ट्र र जनताप्रति उचित हुँदैन । तराईसँग ५ नम्वर प्रदेशका पहाडी जिल्लाको नुन तेलको सम्बन्ध छ । यो सम्बन्ध नतोडौं । जटिलता आउँछ ।
–प्रदेशका विषयमा विवादित झापा, मोरङ, सुनसरी, कैलाली र कंचनपुरलाई नै टुंगाउँ । प्रस्ताव पनि यसैमा जोडेर बनाऔँ । म ५ नम्वर प्रदेश टुक्राउने पक्षमा छैन । यसमा मेरो फरक मत रहन्छ ।

–विगतमा बाबुरामले गल्ती गरेपछि मैले उनलाई छाडे । अहिले पनि पार्टीले गल्ती गर्नुहुन्न ।
–मलाई कतिपयले एमालेको एजेन्डा समात्यो भनेका छन् । मैले एमालेको एजेन्डा समातेको होइन । एमालेले मेरो एजेन्डा समातेको हो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: