मधेसी मोर्चालाई प्रचण्डले भने- तपाईहरुले पनि नमान्ने भए मैले किन संशोधन दर्ता गर्ने ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चा र संघीय गठवन्धनका नेताहरुलाई संविधान संशोधनमा साथ दिने कि नदिने भनेर प्रश्न गरेका छन् । उपेन्द्र यादवको पार्टी बाहेक अन्य दलले भने प्रचण्डलाई संविधान संशोधन विधेयक दर्ता गर्ने म्याण्डेट दिएका छन् ।

प्रमुख विपक्षीले संशोधनमा साथ नदिएपछि दबावमा परेका प्रधानमन्त्री प्रचण्डले बुधबार विहान गठवन्धनका नेताहरुसँग छलफल गरेका थिए । बालुवाटारमा भएको बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले एमालेले साथ नदिने भनिसकेको र मधेसी मोर्चाले पनि नमान्ने हो कि आफू संकटमा पर्ने बताए । उनको प्रश्न थियो, ‘यस्तो स्थितिमा मैले किन संशोधन दर्ता गर्ने ?’

तीनबुँदे सहमतिअनुसार संशोधन दर्ता गर्नु आफ्नो जिम्मेवारी भएको भन्दै उनले मधेसी मोर्चाले पनि नमान्ने हो भने आफ्नै एजेण्डा अनुसारको संविधान संशोधन विधेयक दर्ता गर्ने चेतावनी दिएका छन् ।

साथै उनले अहिलेसम्म चार विषयमा संशोधनको तयारी भइरहेको जानकारी दिएको एक नेताले बताएका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: