३७ जिल्ला मानव बेचबिखनको उच्च जोखिम 


गुल्मी सहित ३७ जिल्ला मानव बेचबिखनको उच्च जोखिममा रहेको एक प्रतिबेदनले सार्वजनिक गरेको छ । विभिन्न राष्ट्रिय दैनिकमा आएका समाचारको अनुसन्धानपश्चात् अनुसन्धानकर्ता प्रवेश पोखरेलको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनका अनुसार मानव बेचबिखनको उच्च जोखिममा गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, अर्घाखाँची, मकवानपुर, प्युठानसहित ३७ जिल्ला रहेका छन् । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह(एटविन) नेपालले २०७२ सालभित्र ३ सय ७६ मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी समाचार प्रकाशन भएको जनाएको छ ।

गत १ वैशाखदेखि सोही वर्षको चैत मसान्तसम्म विभिन्न राष्ट्रिय दैनिकमा प्रकाशित समाचारका अध्ययनका आधारमा सो तथ्य बाहिर आएको हो । राजधानी, कान्तिपुर, काठमाडौं पोष्ट, द हिमालयन टाइम्स, समाचारपत्र, नागरिक र गोरखापत्रमा वर्ष दिनमा प्रकाशित मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी समाचारको समीक्षा गरी तयार पारिएको सो प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय मानव बेचबिखन शाखाका अधिकृत सानुनानी अधिकारीले मानव बेचबिखन तथा ओसारपसारमा परेका पीडितलाई उद्धार एवं बेचबिखनबाट बचाउन सरकार लागि परेको बताइन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: