कोटेश्वरमा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु


काठमाडौँ । कोटेश्वरमा हिजो बेलुकी ट्रकको ठक्करबाट स्कुटर चालक सिन्धुपाल्चोक घर भई हाल ललितपुरको ग्वार्को बस्ने ४४ बर्षिय श्याम श्रेष्ठको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठको उपचारको क्रममा सिभिल अस्पतालमा बेलुकी नै मृत्यु भएको हो।

ना १ ख ८३ २८ नम्बरको ट्रकले श्रेष्ठ सवार बा ५१ प १२१९ नम्बरको स्कुटरलाई हिजो बेलुकी ठक्कर दिएको थियो। ठक्कर दिने ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: