डिएसपीलाई कारबाहीको माग गर्दै आन्दोलन

  • बाइपासमा गाडी दुर्घटनाबाट १ को मृत्यु १ घाइते

  • बालाजुको बाइपास स्थित फुलबारी गेट नजिकै आज विहान सोढे ५ बजेको समयमा ना ३ ख ६२१६ नम्बरको बसले ढक्कर दिँदा स्थानीय गोलढुंगा निवासी गंगा फुयाँलको मृत्यु भएको र उनका श्रीमान राजकुमार फुयाँल घाइते भइ अवस्था गम्भिर रहेको मृतकका भाई कपिल घिमिरेले सेतोघरलाई जानकारी गराएका छन् । घाइते फुयाँल ग्राण्डि अस्पतालमा भर्ना भएका छन् भने मृतक गंगा फुयाँलको सनाखत हुन सकेको छैन ।

     

    स्थानीयले शान्तिपूर्ण आन्दोलन गरिरहेको समयमा बालाजु वृत्तका डिएसपीले स्थानीय ५८ बर्षिय वृद्ध केदार ढुंगानालाई लाठीचार्ज गरे सँगै आन्दोलनले उग्ररुप लिएको छ । यस क्षेत्रमा कुनै पनि सवारी चल्न सकेका छैनन् भने स्थानीयहरुले बाइपास चोकमा आन्दोलन गरिरहेका छन् ।
    गाडी गलत साइडबाट आइरहेको र १५ बर्षिय सहचालकले ६ जना यात्रु लिएर चलाइरहेको अवस्थामा दुर्घटना भएको बताइएको छ । साथै गाडी हिजो नै बिग्रिएको र मर्मतको निम्ति वर्कसपमा लैजानको निम्ति निकालिएको जानकारी समेत प्राप्त भएको छ ।
    मृतकका भान्जा राजेश ढुंगानाका अनुसार डिएसपीको साथै दोषी ड्राइभर तथा सहचालक लगायत सबै सम्बन्धित पक्षलाई कारबाही कारबाही हुनुपर्ने र पीडितलाई क्षतिपुर्ति तथा औषधी उपचारको व्यवस्था गर्नुपर्ने भन्दै आन्दोलन भइरहेको छ । वरपर निकै ठूलो सङ्ख्यामा भीड जम्मा भएको छ । स्थानीयले विभिन्न नारा सहित आन्दोलन चर्काइरहेका छन् । प्रहरी मेरो साथी भन्ने नारा नारामा मात्रै सीमित रहेको उनीहरुको गुनासो छ ।
    सडक बन्द गर्ने कार्य समस्याको समाधान नभएको भन्दै प्रहरी प्रशासन सडकमा निर्वाध रुपमा गाडी सञ्चालन गर्नको निम्ति लागिरहेको छ भने स्थानीयहरु सडकमा नै तेर्सिएर अवरोध पु¥याइरहेका छन् ।
    मृतकका ससुरा तथा नेपाली काङ्ग्रेसका इकाइ समिति सभापति सम्भु प्रसाद दाहाल प्रहरी प्रशासनको कमजोरी रहेको औल्याउँदै आफन्त गुमाएर पीडित बनेका परिवार प्रति प्रहरीको दमनले निकै नै दुःखी बनाएको बताए । उनले बालाजु क्षेत्रका अहिलेका डीएसपीले शान्तिसु्रक्षा कायम गर्नुको सट्टा झन् सुरक्षा खल्बल्याउने काम गरेको भन्दै सरुवाको समेत माग गरेका छन् ।

     

    Comment

    Related News 

    © 2016 All right reserved to

    webs counters
    Total Count
    %d bloggers like this:
    Loading...