ज्योतिषको दाबी: नयाँ बर्ष सँगै मुलुकमा रक्तपात हुने


ज्यो. दीपक  दाहाल

लामो समय देखि ज्योतिषी पेशामा संलग्न ज्योतिष दीपक प्रसाद दाहालले मुलुकमा नयाँ बर्ष शुरु भएसँगै रक्तपात हुने उद्घोष गरेका छन् । ग्रहदशाको आधारमा विचार गर्दा ठाउँठाउँमा झडप र तनावको अवस्था आउने साथै रक्तपात हुने उनले बताएका हुन् ।

मुलुकमा चुनावको मिति घोषणा भएपनि नेपालमा चुनाव हुने काम निकै नै मुस्किल रहेको उनले दाबी गरेका छन् ।
ज्योतिषको अर्को दाबी छ, ‘नेपालमा अबको चुनाव सम्भव भएमा राप्रपा पहिलो शक्तिको रुपमा अगाडि आउने छ ।’ नेपालमा जसरी पनि राजा फर्कने समेत उनले बताए । कति समय भित्रमा नेपालमा राजा पुनर्वहाली होलान् भन्ने सेतोघरको प्रश्नमा दाहालले राजा नेपालमा पुःन फर्कने दिन टाढा नभएको यद्यपि ३ देखि ४ बर्ष भने लाग्न सक्ने बताएका छन् । मुलुकमा राजतन्त्र नआई शान्ति र स्थायित्व नहुने भन्दै उनले नेपालमा राजतन्त्र नै मुलुुकको स्थायी समाधान हुने जिकिर गरेका छन् ।
साथै जनतालाई साथमा लिएर राप्रपाले नेपालमा पुःन आन्दोलन हाँक्ने र अन्य दलहरुले समेत साथ दिएर नेपालमा राजतन्त्र फर्कने दाहालले बताएका हुन् । अहिले नेपालमा राजा नभएको कारण नेपालमा जनताहरु पानी बिनाको माछा जस्तो भएकोे उनी बताउँछन् ।
राजतन्त्र बिनाको नेपाल नाङ्गो भएको बताउँदै नेपालमा राजा आएरै छोड्ने उनले दाबी गरेका हुन् । उनले थपे, ‘मुलुकमा अबका दिनमा धर्मको विषयलाई लिएर युद्ध र रक्तपात हुनेछ । यस पश्चात् नेपालमा राजा पुःन फर्किने छन् ।’
आफ्ना पहिलेका भविष्यवाणी समेत मिलेको दाबी गर्दै उनले भनेका छन्, मैले पहिले पनि भनेकै थिएँ कि नेपालमा ठूलै उत्पात हुँदैछ । मैले भनेको करिब १ महिनामा नै नेपालमा भुकम्प आएर मुलुकलाई तहसनहस बनायो । अर्को पटक भनेको थिएँ कि देशको स्थिति डामाडोल हुँदैछ । नेपालीहरुले निकै ठूलो समस्या भोग्नुपर्यो । यो कुरा सबैलाई जानकारी नै छ ।
मुलुकको खम्बा राजतन्त्र नै भएको भन्दै अहिले देशमा खम्बा बलियो नभएको कारण देश जता पनि ढल्न सक्ने उनको तर्क छ । नेपालका राजनीतिक दलहरुले चुनावको घोषणा त गरेका छन्, चुनावको निम्ति भनेर निकै ठूलो रकम खर्च पयनि हुनेछ । तर अन्तिममा भने नेपालमा लडाईं, झगडा र रक्तपात भएर मुलुक फेरी तहननहस हुने उनेछ, उनको दाबी छ ।

Comment

Related News