योगभूमीको रुपमा नेपाललाई किन चिनाउने ? राजन सिंखडाकाे दृष्टिकाेण


योगको मुख्य उद्गम बिन्दुको रुपमा हिमालयन पर्वतलाई नै लिने गरिन्छ । विश्वको हिमालयन पर्वतको अधिकांश क्षेत्र नेपालमा नै अवस्थित छ । विश्वको करिब १४ सय किलोमिटर हिमाल मध्येको ८ सय किलोमिटर क्षेत्र नेपालमा नै छ । अग्ला ठूला ८ ओटा हिमश्रृङ्खला हामीसँग नै रहेको र अधिकांश हिमाली क्षेत्र समेत हामीसँग नै रहेको अवस्थामा नेपाललाई योगभूमीको रुपमा विकास गर्नुपर्छ भन्ने मान्यताले हामीले नेपाल योग एसोसिएसनको स्थापना गरेका हौं ।

राजन सिंखडा
महासचिव
नेपाल योग एसोसिएसन

किन नेपाललाई योगभूमी बनाउनु आवश्यक छ ?

नेपाल शिव बस्ने क्षेत्र । गौरीसंकर पर्वत, पशुपतिनाथ लगायतका क्षेत्रहरु भूमी । भगवान गौतम बुद्धको जन्मस्थल नेपाल । कपिल मुनि, पाणिनी, वेदव्यास, जनक लगायतका व्यक्तिहरु यही भूमीमा नै जन्मिनुभएको हो । हामीले यसैलाई नै आधार बनाएर नेपाललाई योग भूमीको रुपमा अघी बढाएका छौं ।
नेपालकै आयोजनामा विश्व योग दिवस मनाउने संस्कार बसाल्यौं 
पछिल्लो समय विश्वभर नै जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउन थालिएको थियो । तर नेपालमा योग दिवस मनाउने क्रममा आफ्नै आयोजनामा भने योग दिवस मनाउने कार्य हुन सकेको थिएन । नेपालमा आयोजना गरिने योग दिवस भारतको पतञ्जलि वा अन्य कुनै संस्थाको सहयोगमा हुँदै आएको परिप्रेक्ष्यमा नेपालमा नेपालकै आयोजनामा नै योग दिवस मनाउनुपर्छ भन्ने मान्यताले हामीले यसलाई संस्थागत रुपमा अघी बढाउन नेपाल योग एसोसिएसनलाई अघी सा¥यौं । अन्तराष्ट्रिय योग दिवस मनाउने क्रममा अहिले नेपाल योग एसोसिएसनले विशेष भुमीका निर्वाह गरेको छ ।

नेपाललाई योग सम्बन्धी पौराणिक मान्यताहरु के छन् ?
नेपालमा भएको पानीलाई चोभारमा भगवान कृष्णले काटेर बगाएपश्चात् मात्र वस्ती बस्न उपयुक्त भएको भन्ने किंवदन्ती छ । कसैले मन्जुश्रीले पानी काटेको भन्ने पनि गर्छन् । कृष्णले खेद्दै खेद्दै आएर वाणभन्ज्याङमा वाणासुरलाई मारेको भन्ने हाम्रो किंवदन्ती पनि छ । यस्ता धेरै कुराहरु छन् । नागार्जुन हामीसँगै छ । मथुराको गोपालवंशी राजाहरु कृष्णकै सन्ततिहरु हुन् । नेपालको हिमालय पर्वत हुँदै पाण्डवहरु जिउँदै स्वर्ग गएको भन्ने कुरा हामीले सुनेकै हो ।

यी विभिन्न पौराणिक कुराहरु नेपालमा नै भएको कारण हामीले नेपाललाई योग भूमी हो भन्ने प्रमाणित गर्नको लागि पनि नेपालमा योगको बारेमा प्रचारप्रसार गर्नु जरुरी छ । यसले नेपालको पहिचानलाई विश्वबजारमा पुर्याउनको निम्ति विशेष महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्छ ।

भारतको छत्रछायामा थियौं, नेपालको पहिचान स्थापना गर्दैछौं ः
Nepal is birth place of Yoga भनिएपनि नेपालमा हुने योग अन्तरगतका क्रियाकलापहरु अहिले पनि भारतको छत्रछायामा नै हुने गरेका छन् । भारतमा योगको क्षेत्रमा राम्रो चर्चामा रहेका योगी बालकृष्ण नेपाली मूलकै व्यक्ति हुन् । उनले अहिले भारतबाट योगको प्रचार गरिरहेका छन् । यसले ‘वसुधैव कुटुम्बकम्’ को भावनालाई त बढाएको छ । विश्व नै हाम्रो भन्ने मान्यताले अघी बढेको र सूचना प्रविधिको पहुँचले विश्वलाई सानो कम्प्युटरको स्क्रिनमा सीमित पारेको अहिलेको अवस्थामा भारतसँग मिल्नै नहुने भन्ने त होइन, तर कमसेकम नेपाललाई पनि अघी ल्याउने किसिमले कार्य गर्नुपर्छ । कतै हामीले विश्वका अन्य देशमा योगको प्रचारप्रसाद बढ्दै जाने क्रममा हामीले हाम्रो आफ्नै अस्तित्व मेटाउँदै त छैनौं भन्ने कुरामा पनि हामीले विचार गर्नुपर्ने हुन्छ ।

श्रीलङ्कामा लक्ष्मणलाई वाण लागिसके पश्चात् उपचारको निम्ति हनुमानलाई हिमालय पर्वतको सञ्जिवनी बुटी ल्याइ उपचार सम्भव हुने भनिएको र सोही बमोजिम हनुमान हिमालय पर्वतमा जाँदा त्यहाँ बुटी नभेटेका हुनाले उनले सिङ्गो पर्वत नै बोकेर लगेर लक्ष्मणको उपचार सम्भव भयो । अहिले हनुमानले बोकेर लैजाने क्रममा खसेर बनेको एउटा सानो डाँडोलाई आयुर्वेद डाँडाको रुपमा श्रृलङ्कामा विकास गरिएको छ । तर नेपाल भने जुन बुटीको लागि उद्गम बिन्दु नै थियो, त्यही क्षेत्रमा यसको प्रचार–प्रसार हुन नसक्दा ओझेलमा छ ।

नेपाल योग एसोसिएसनका आगामी योजना ः
नेपालमा अहिले सञ्चालन गरिएका योग कार्यक्रमहरु अधिकांश सानो पहलबाट नै अघी बढाइएको छ । जुन व्यक्तिगत वा सामुहिक लगानीमा सञ्चालन गरिएको छ । खासगरी नेपालमा सञ्चालन गरिएका योग कार्यक्रमहरु विदेशी पर्यटकहरुलाई लक्षित गरेर सञ्चालन गरिएको छ । यद्यपि हामीले आगामी दिनमा नेपालम ानै भएको युवाहरुलाई लक्षित गरेर योग क्रियाकलापहरु सञ्चालन गर्नु जरुरी छ ।
समय र परिस्थितिलाई अनुकुल बनाउँदै नेपालमा योग सम्बन्धमा व्यापक प्रचार–प्रसार गर्दै आगामी दिनमा नेपालमा योग विश्वविद्यालय समेत खोल्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौं । हामीले सोही बमोजिम नै हाम्रा योजना तथा कार्यक्रमहरु अघी बढाउनु जरुरी छ ।

अहिले पनि हामीले नेपालमा जनताहरुको तहमा पुग्न सकिने किसिमले जुन किसिमका कार्यहरु गर्नुपर्ने हो त्यो भने गर्न सकेका छैनौं । हाम्रा यस्ता कार्यक्रमहरुको निम्ति नेपाल पर्यटन बोर्ड लगायतका सम्बन्धित संस्थाहरुले समेत सहयोग गर्नुपर्ने हो । तर अहिले सम्म योग पर्यटनमूलक क्रियाकलापको निम्ति भनेर हामीले पनि कुनै कार्यक्रम गरेका छैनौं । साथै सम्बन्धित संस्थाहरुले पनि यसरी कार्यक्रमहरु गर्नुपर्ने कुरामा ध्यान दिन सक्नुभएको छैन । यसैकारण अहिले नेपालमा योगको प्रचार जुन हिसाबले हुनुपर्ने थियो, त्यो हुन सकेको छैन ।

जनता पनि जागरुक बन्नुपर्छ ः
नेपाली जनताहरु जति नै शिक्षित भएपनि जागरुक बन्न भने सकेका छैनन् । अधिकांश नेपालीहरु आफ्नो स्वास्थ्य प्रति अहिले पनि सचेत बन्न नै सकेका छैनन् । राम्रो कामको निम्ति केही रकम खर्च गर्नको निम्ति आग्रह गर्दा तयार नहुने व्यक्ति पनि अनावश्यक कार्यमा भन निकै नै ठूलो रकम खर्च गर्न तयार देखिन्छ । जुन सचेतनाको कमीले गर्दा भएको हो ।

राम्रो संस्कारका अनुयायीहरु घट्दैछन्, आफ्ना कमजोरी पनि हुन सक्छन् केलाउँ ः
पछिल्लो समय नेपालमा राम्रो कुरा गर्ने र सुन्ने वक्ता र श्रोता पाउन गाह्रो छ । कुनै ठाउँमा डिस्को डान्स आयोजना गर्दा सयौंको सङ्ख्यामा मानिसहरुको भीड लाग्ने गर्छ । तर त्यही ठाउँमा ने हामीले पुराण आयोजना गर्ने हो भने त्यस पुराणमा १ दर्जन मानिसहरुलाई उपस्थित गराउन पनि गाह्रो पर्ने अवस्था छ । यो सबै कमजोरी दृष्टिकोणको कमजोरीले नै भएको हो । हामीले दृष्टिकोण र समाजको गति र रुचि बुझेर हाम्रा गतिविधिहरु पनि सोही बमोजिम नै सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

नयाँ अभ्यासमा पनि जानुपर्छ ः
हामीले पुराण सुन्नको निम्ति पछिल्ला बर्षहरुमा मानिस किन रुचि राख्दैनन् भन्ने केलायौं भने त्यसको कारण पत्ता लाग्नेछ । साथै नयाँ तवरले उक्त कार्य अघी बढाउन सहज हुनेछ । यदि हामीले मनोरञ्जनात्मक तवरले पुराण सुनाउन सक्यौं भने पुःन मानिसहरुको चाप बढ्न सक्छ । पुराणलाई रमाइलोे तवरले बुझाएर सुनाउने हो भने मानिस त्यही पुराणकै क्रममा पनि विशेष आकर्षित गर्न सकिन्छ । यो सबै बुझाईमा भर पर्ने कुरा हो ।

हाम्रा सम्पूर्ण संस्कार र परम्पराहरु तथा आचरण पौराणिक विषयवस्तुको वरिपरि रहेर नै सञ्चालन हुँदै आएका छन् । अधिकांश कुराहरु हामीलाइ अहिले पनि त्यत्तिकै सान्दर्थिक छन् । ती पुराणमा हाम्रो सम्पूर्ण दर्शन लुकेको छ । भजन, कीर्तन, मनोरञ्जन, वेदना लगायतका सबै कुरा त्यही पुराणमा नै उपलब्ध छ । हामीले त्यसलाई कसरी प्रस्तुत गर्ने कुराले नै विशेष महत्व राख्ने गरेको छ ।

एउटै काम पनि कुनै समयमा निकै रमाइलोे लाग्न सक्छ भने कुनै समय निकै नरमाइलो पनि लाग्न सक्छ । हामीले कुराकानी गर्ने क्रममा पनि शुरुमा रामो लागेको कुरा पनि समयक्रममा नरमाइलो लाग्न सक्छ । यो सबै हाम्रो बुझ्ने तवर र प्रवृत्तिमा नै भर पर्छ । त्यसरी नै नेपाल उद्गम विन्दु हुँदाहुँदा पनि महत्व बुझाउन नसक्दा हराउन लागेको योगको प्रचारप्रचार गर्दै पुःन योगभूमीको रुपमा विकास गर्ने जिम्मेवारी अहिले हाम्रो काँधमा आएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

webs counters
Total Count
%d bloggers like this:
Loading...