स्थानीय तह बढाउने प्रचण्डको प्रस्ताव, एमालेद्वारा ठाडै अस्वीकार


काठमाडौं । स्थानीय तहको संख्या थप्न र संविधान संशोधन गर्न प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव नेकपा एमालेले अस्वीकार गरेको छ । संविधान संशोधन लगायतका विषयमा छलफल गर्न शुक्रबार साँझ प्रमुख सात राजनीतिक दलको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रचण्डले दोस्रो चरणको चुनावको वातावरण बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने भन्दै नेताहरुको राय मागेका थिए ।

बैठकमा प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन सम्पन्न हुनु देशकै लागि गौरवको विषय भएको बताउँदै अब दोस्रो चरणको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियालाई पूर्णतामा लैजान राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए ।

तर, एमालेले चुनाव गराउने विषयमा विमति नभए पनि संविधान संशोधन र स्थानीय तह थपको प्रस्ताव ठाडै अस्वीकार गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच नम्बर प्रदेश टुक्राउने गरी आउन लागेको संविधान संशोधन मान्न नसकिने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले भने मधेसी मोर्चालाई पनि साथमा लिएर चुनावमा जानुपर्ने भएकाले संविधान संशोधन आवश्यक रहेको बताएका थिए । बैठकमा आगामी बजेटबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

Comment

Related News 

© 2016 All right reserved to

webs counters
Total Count
%d bloggers like this:
Loading...